Tuesday, June 11, 2013
‘मुन्द्रे’को एसएसलसी सेकेन्ड डिभिजन मनोज गजुरेल र जितु उस्तै, धुर्मुस प्रथम श्रेणीम
‘मुन्द्रे’को एसएसलसी सेकेन्ड डिभिजन
मनोज गजुरेल र जितु उस्तै, धुर्मुस प्रथम श्रेणीम
२८ जेठ, काठमाडौं । मंगलबार सार्वजनिक
भएको एसएलसीको नतिजा कतिका लागि राम्रो भयो, कतिलाई नराम्रो । डिस्टिङसन,
फस्ट र सेकेन्ड डिभिजन आयो भनेर मख्ख पर्ने पनि छन् । थर्डमै चित्त बुझाउने
पनि छन् । पास हुनेभन्दा फेल हुने धेरै छन् । तर चर्चा चाहिँ पास हुनेको
मात्रै छ । एसएलसीको नतिजा सार्वजनिक भएको दिन त्योभन्दा माथि पढिसकेका र
पढेर सकाइसकेकाहरुले पनि विगतको याद गर्ने गर्छन् । आज अनलाइनखबरले देशका
तीनजना हास्य कलाकारसँग उबेलाको एसएलसी नतिजाको अनुभवबारे छोटो कुराकानी
गरेको छ ।
नेपाल टेलिभिजनको चर्चित हास्य सिरियल
जिरे खुर्सानीमा कलाकार जितु नेपाल सिरियलमा भन्ने गर्नुहुन्छ- ‘थर्ड
डिभिजन ल्याएर एसएलसी पास गरेको मान्छे हुँ, के सोच्या छ..।’ तर वास्तवमा
जितुले थर्ड डिभिजन होइन, सेकेन्ड डिभिजनमा एसएलसी पास गर्नुभएको हो ।
मंगलबार एसएलसीको नतिजा सार्वजनिक भएको दिन अनलाइनखबरसितको कुराकानीमा
कलाकार नेपालले आफ्नो बेला सम्झँदै भन्नुभयो -
‘मैले २०४८ सालमा सिन्धुपाल्चोकको जाल्पा
माविबाट एसएलसी दिएको थिएँ । अहिलेजस्तो पहिले नै नतिजा आउँदैछ भन्ने थाहा
पनि हुँदैनथियो । बिहान रेडियोले रिजल्ट भयो भनेको दिन म काठमाडौंको
जडिबुटीमै थिएँ । तर, पनि दिउँसो मात्र गोरखापत्र हेर्ने मौका मिल्यो ।
मलाई मेरो सिम्बोल नम्बर अझै याद छ ।
३७९५५’यू’ थियो । अन्तिममा यू भएको हुनाले
उतीर्ण हुन्छु भनेर मैले व्याख्या गर्ने गरेको थिएँ । नभन्दै उतीर्ण भएँ ।
सेकेण्ड डिभिजनमा पास भएँ । त्योबेला मेरो स्कूलबाट ४०/४५ जनाले परीक्षा
दिएकोमा म समेत जम्मा ५ जनामात्र पास भयौं । उबेला त्यसरी पास हुनुको महत्व
नै बेग्लै थियो ।
मलाई लाग्छ कि डिस्टिङसन, कि थर्ड डिभिजनको महत्व छ । बीचको फस्ट र सेकेन्ड
भन्या त उस्तै हो । त्यसैले मैले आफ्नो टेलिसिरियलमा थर्ड डिभिजनलाई महत्व
दिएका हौं ।’
म दुई नम्बरको एसएसलसी
हेर्दै गाको, सेकेन्ड डिभिजनमा पास भएछु ।
मलाई फस्ट डिभिजनभन्दा सेकेन्ड डिभिजन नै राम्रो लाग्छ । फस्ट हुनका लागि
धेरैजना प्रयास गर्छन् । तर, एउटा मात्रै सफल हुन्छ । दुई नम्बर त सधैं
उस्तै । म कलाकारितामा पनि दुई नम्बरको हुँ । एसएलसीमा पनि सेकेन्ड डिभिजन,
कलाकारितामा पनि दुई नम्बर ।
धुर्मुस एसएलसीका दिन भूमिगत
अर्का हास्यकलाकार सीताराम कट्टेल
धुर्मुसलाई भने पास होला जस्तै लागेको थिएन । ‘मैले झापा गौरादहको
ज्ञानज्योति माविबाट एसएलसी दिएको हो । त्योबेला कक्षामा सेकेन्ड हुन्थें ।
तर एसएलसीमा गणित धेरै बिग्रेको थियो । गणितमा फेल हुन्छु जस्तो लागेकाले
रिजल्ट भएको दिन कतै गइँन । घरभित्रै लुकेर बसें ।
भोलिपल्ट स्कूलमा रिजल्ट टाँसेको रहेछ ।
साथीहरुले तँ त फस्ट डिभिजनमा पास भएको छस् भनेर सुनाए । मलाई पत्यार नै
लागेन । गएर गोरखापत्र हेरें । साँच्चै फस्ट डिभिजनमा पास भएको रैछु ।
साहै्र गदगद भएँ ।
Subscribe to:
Comments (Atom)
Sponsors :
Best Google Covers
|
Desktop Wallpaperslk
|
PSD Graphics
Copyright © 2012. छेलाम (Chhelam) - All Rights Reserved
Copyright © 2012. छेलाम (Chhelam) - All Rights Reserved