Sunday, June 9, 2013

मदनकृष्णले भने, ‘बुढीहरुले जिस्काँएर हैरान पार्छन्’

पहिलो पटक आयोजना भएको ‘ओफा अवार्ड’मा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पाएपछि कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई आफूहरुलाई उमेर छिप्पिएको भान भएको बताए । कार्यक्रममा अवार्ड ग्रहण गरेपछि मदनकृष्णले भने, ‘मलाई बुढो भए कि जस्तो लाग्न थालेको छ किनकी बाटोमा धेरैले पाका महिलाहरुले हाई भन्दै जिस्काउँछन् । अवार्ड ग्रहण गर्दै मह जोडीले आफूहरुले कलाको क्षेत्रमा अझै धेरै योगदान गर्न बाँकी रहेको प्रतिक्रिया दिए ।अनलाइन फिल्मीखबर डटकमले आयोजना गरेको कार्यक्रममा १३ विधामा अवार्ड प्रदान गरिएको थियो । जसमा मह जोडीलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएका हो ।

पहिलो पटक आयोजना गरिएको अवार्ड कार्यक्रममा पपुलर नायक जीवन लुइटेल, पपुलर नायिका रेखा थापा, पपुलर निर्देशक सुरज सुब्बा ‘नाल्बो’, पपुलर सिनेमा रिदम, पपुलर संगीतकार बसन्त सापकोटा घोषित भएका थिए । यस्तै पपुलर नव नायिका पि्रयंका कार्की, पपुलर नव नायक संयम पुरी घोषित भए । पपुलर छायांकारको अवार्ड संजय लामाको पोल्टामा गयो ।
कार्यक्रममा नेपाली सिनेमाका चर्चित कलाकारहरुको उपस्थिती रहेको थियो । यस्तै जुरी अवार्ड ‘थ्री लभर्स’का नायक तथा निर्माता देवु श्रेष्ठलाई सिनेमा नगरीमा योगदान गरेको भन्दै प्रदान गरिदा धेरैले आलोचना पनि गरेका थिए । कार्यक्रममा चर्चित हाँस्य जोडी दिपकराज गिरी र दिपाश्री निरौलाले धरान महोत्सवका बिषयमा चलचित्र बिकास बोर्डका अध्यक्ष धमेन्द्र मरबैता ‘पप्पु’को उछितो काटेका थिए ।
Template Design by Cool Blogger Tutorials | Published by Templates Doctor
Powered by Blogger