पहिलो पटक आयोजना भएको ‘ओफा अवार्ड’मा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पाएपछि कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई आफूहरुलाई उमेर छिप्पिएको भान भएको बताए । कार्यक्रममा अवार्ड ग्रहण गरेपछि मदनकृष्णले भने, ‘मलाई बुढो भए कि जस्तो लाग्न थालेको छ किनकी बाटोमा धेरैले पाका महिलाहरुले हाई भन्दै जिस्काउँछन् । अवार्ड ग्रहण गर्दै मह जोडीले आफूहरुले कलाको क्षेत्रमा अझै धेरै योगदान गर्न बाँकी रहेको प्रतिक्रिया दिए ।
अनलाइन फिल्मीखबर डटकमले आयोजना गरेको कार्यक्रममा १३ विधामा अवार्ड प्रदान गरिएको थियो । जसमा मह जोडीलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएका हो ।
पहिलो पटक आयोजना गरिएको अवार्ड कार्यक्रममा पपुलर नायक जीवन लुइटेल, पपुलर नायिका रेखा थापा, पपुलर निर्देशक सुरज सुब्बा ‘नाल्बो’, पपुलर सिनेमा रिदम, पपुलर संगीतकार बसन्त सापकोटा घोषित भएका थिए । यस्तै पपुलर नव नायिका पि्रयंका कार्की, पपुलर नव नायक संयम पुरी घोषित भए । पपुलर छायांकारको अवार्ड संजय लामाको पोल्टामा गयो ।
No comments:
Post a Comment