यसपालीको एसएलसीमा २२ निजीसहित ३ सय ४५ विद्यालय निल
१ असार, काठमाण्डौं । २०६९ सालको एसएलसी
परीक्षामा मुलुकभरका तीनसय ४५ विद्यालयको नतिजा शून्य आएको छ । शून्य नतिजा
आएका मध्ये २२ वटा निजी विद्यालय छन् । एकजना पनि विद्यार्थी परीक्षामा
उर्त्तीण गराउन नसक्नेमा अन्य सबै सामुदायिक विद्यालय रहेको परीक्षा
नियन्त्रण कार्यालय -पनिका)ले जनाएको छ । नतिजा शून्य आउने अधिकांश निजी
विद्यालय काठमाण्डौं उपत्यकाका छन् , परीक्षा नियन्त्रक खगराज बरालका
अनुसार काठमाण्डौंका आठ, भक्तपुरका दुई र ललितपुरका एक निजी विद्यालयको
नतिजा शून्य छ । उपत्यकाका कुनै पनि जिल्लामा सामुदायिक विद्यालयको नतिजा
शून्य नरहेको पनिकाले जनाएको खबर अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । नतिजा
शून्य आउने अन्य निजी विद्यालय झापा, सुनसरी, सप्तरी, धनुषा, बाँके र
कञ्चनपुरका छन् ।
सामुदायिकतर्फ सबैभन्दा धेरै विद्यालयको नतिजा शून्य हुने जिल्ला उदयपुर रहेको छ । उदयपुरका ३१ वटा विद्यालयले एकजना पनि विद्यार्थी परीक्षामा उर्त्तीण गराउन सकेका छैनन् ।

मनाङको नतिजा सबैभन्दा धेरै, काठमाण्डौं दोस्रो
गत बर्षको एसएलसी परीक्षामा सबैभन्दा बढी उर्त्तीण हुने जिल्ला मुस्ताङ रहेको छ भने दोस्रोमा काठमाण्डौं भएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार मुस्ताङ जिल्लाले ८२ दशमलब ०५ प्रतिशत विद्यार्थी उर्त्तीण गरेको छ भने काठमाण्डौंले ८१ दशमलब ७८ प्रतिशत विद्यार्थी उर्त्तीण गरेको पनिकाले जनाएको खबर नेपाल समाचारपत्रले छापेको छ ।
नतिजाका आधारमा सल्यान यसपटक सबैभन्दा कम विद्यार्थी उर्त्तीण हुने जिल्लामा परेको छ । सल्यानमा ७ दशमलब ३९ प्रतिशत विद्यार्थी उर्त्तीण भएका छन् ।

No comments:
Post a Comment