एमाओवादीको गढ मानिने रुकुममा पूर्वलडाकूलाई नेपाली
काँग्रेसमा प्रवेश गराउन पुगेका काँग्रेस युवा नेता गगन थापामाथि वाइसिएलले
कार्यक्रमस्थलमै आक्रमणको प्रयास गरेका छन् । gagan-thapa-1रुकुमको
ग्राइलाको बेलटापूमा आइतबार नेपाली काँग्रेस रुकुमले आयोजना गरेको आमसभामा
प्रमुख अतिथिका रुपमा थापा सहभागी कार्यक्रमलाई वाइसिएलले बिथोलेका हुन् ।
सभामा १५ जना पूर्वलडाकूसहित एमाओवादीका केही कार्यकर्ताहरु काँग्रेसमा
प्रवेश गर्ने कार्यक्रम रहेको थियो । कार्यक्रम चलिरहेका बेला वाइसीएल नेता
केदार विष्टको नेतृत्वमा आएका वाइसियल कार्यकर्ताले मञ्चमै ढुंगा प्रहार
गरी थापामाथि आक्रमणको प्रयास गरेका हुन् । शुरुमा वाइसिएलले ढुंगा प्रहार
गरेपछि वाइसीएल र काँग्रेस कार्यकर्तावीच केहीबेर दोहोर ढुंगा हानाहान भएको
थियो । वाइसीएलले कार्यक्रम बिथोलेपछि बेलटापुको स्थिति तनावग्रस्त बनेको र
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परेको स्थानीय पत्रकार
लक्ष्मण केसीले अनलाइनखबरलाई जानकारी दिनुभयो ।
वाइसीएलले
कार्यक्रमस्थलमा राखिएका काँग्रेसका झण्डासमेत फालिदिएका छन् भने
माइकलगायतका सरसामानमा क्षति पुर्याएका छन् । प्रमुख अतिथि बनेका थापालाई
भने प्रहरीको सहयोगमा सुरक्षित स्थानमा राखिएको छ
No comments:
Post a Comment