बाबुलाई घर प्रवेशमा रोक
संखुवासभाको नुममा दलित किशोरीसँग विवाह गरेको भन्दै आफ्नै छोरा–छोरीले
घर प्रवेशमा रोक लगाएका छन्। जिल्लाको नुम–६ का ६७ वर्षीय कृण्णबहादुर
पराजुलीले आफूभन्दा ५३ वर्ष कान्छी १४ वर्षीय समिता विकसँग प्रेमविवाह
गरेको भन्दै घर प्रवेशमा रोक लगाएका हुन्। उनीहरूले बाबुलाई घर प्रवेशमा
रोक लगाएपछि घरनजिकैको बारीमा पाल टाँगेर दुःख–कष्ट साथ गुजारा गर्दै आएको
पीडित पराजुलीले गुनासो गरेका छन्। उनले छोरा भोलामानलगायत नाति
अम्मरबहादुरले घर प्रवेश गर्न नदिएको बताएका छन्। पराजुलीले ०६३ सालमा
श्रीमतीको मृत्यु भएकाले जीवनसाथी खोज्ने क्रममा ६ महिना अगाडिदेखि
समितासँग प्रेम बसी अहिले गर्भ रहेपछि विवाहबन्धनमा बाँधिएको बताएका छन्।
No comments:
Post a Comment