Thursday, June 27, 2013

बन्यो कुलुङ भाषाको पाठ्पुस्तक

कुलुङ मातृभाषामा कक्षा १ को पाठ्यपुस्तक “सक्सोहर” प्रकाशन सम्पन्न भएको छ । यो पुस्तक प्रकाशन नभई पनि पाठ्यक्रमको आधारमा सोलुखुम्बका ७ बिद्यालयहरु छेस्कामको छेस्काम मा.बि., रत्न प्रगतिशील प्रा.बि., जनसुधार प्रा.वि, महाकुलुङ प्रा.वि., देनाम प्रा.वि., चोमोलोङमा प्रा.बि.  गुदेलको चाचालुङ प्रा.बि. र संखुवासभा जिल्लाको ताम्कू गा बि स वडा नं. ७ को लक्ष्मी प्रा.बि. मा कुलुङ मातृभाषामा पढाई भईरहेको थियो । कुलुङ मातृ भाषाको कक्षा संचालन भैरहेको वा गर्न सकिने अन्य जिल्लाका बिद्यालयहरुमा पनि पुस्तक उपलब्ध गराईने कुलुङ संघ केन्द्रीय समितीले जनाएको छ । त्यसका लागि कक्षा संचालित बिद्यालय र बिद्र्याथीहरुको संख्या बारे संघमा जानकारी गराउन एक कार्यक्र बिच संघले अनुरोध गरेको छ ।
स्मरण रहोस कुलुङ मातृभाषाको पाठ्यपुस्त कुलुङ संघले २०६० सालमा नै तयार गरी पाठ्यक्रम बिकास केन्द्रबाट प्रकाशन र्गन तयारी रहेको भए पनि राई यायोक्खाको अवरोेधका कारण सो रोकिएको थियो । यसले कुलुङ मातृ भाषामा पठन पाठनलाई अगाडि बढाउन १० र्बष ढिलो गराएको छ ।

Tuesday, June 25, 2013

कुलुङ भाषाको कार्यक्रम आउने

हिजो बसेको कुलुङ संघ संखुवा सभाको बैठकले कुलुङ भाषाको रेडियो कार्यक्रम प्रसारण गर्ने पक्का गरेको छ । कुलु छेलाम नामको सो कार्यक्रम लाई संचालन गर्न कृष्ण कुमारी कुलुुङ को अध्यक्षतामा ९ सदसीय ब्यावस्थापन समिती चयन गरेको छ । कार्यक्रम सहयोगार्थ तुलाबहादुर कुलुङ, जंगबहादुर कुलुङ र लाकपद कुलुङले मासिक रु ५ सय का दरले बार्षिक रु ६ हजार आर्थीक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै पहिलो महिनाको सहयोग रकम प्रदान गरि सक्नु भएको छ । त्यस्तै नव निर्बाचित अध्यक्ष कोपीला कुलुङले तत्कालको लागी रु १ हजार ५५ रुपैया सहयोग गर्नु भएको छ । हाल सम्मको सहयोगीहरुमा रबिन्द्र कुलुङले रु ५ सय, नैकुमार कुलुङले ५ सय सहयोग गरिसक्नु भएको छ भने लोक कुमार कुलुङले बार्षिक सहयोग रु १० हजारको प्रतिबद्धता ब्यक्त गर्दै त्यस मध्ये बाट रु १ हजार आर्थिक सहयोग गर्नु भएको छ ।  सहयोगीहरुलाई बिशेष सम्मानको ब्यावस्था गरिने बैठकको निर्णय रहेको छ । कार्यक्रम लाई प्रभावकारी बनाउनको लागी आर्थिक पक्ष मजबुद हुनु पर्ने भन्दै नवनिर्बाचित समितीले बिभिन्न संघ संस्था तथा देश बिदेशमा बस्नुहुने कुलुङ जातिहरु संग पनि आर्थिक सहयोगको अपिल गर्ने निर्णय गरेको छ । ईच्छुक सहयोगीहरु ले ९८४२२१४१९३ र ०२९५६०११२ मा सम्पर्क गरि सहयोग गर्न सक्नुहुने छ । सहयोगीले कार्यक्रम प्रायोजक बनेर समेत सहयोग गर्न सक्नेछन् ।
 कार्यक्रम संखुवा सभाका स्थानिय रेडियो बाट प्रसारण गरिने र देश भन्दा बाहिर बस्ने कुलुङ जाति तथा कुलुङ भाषिहरुले सुन्न सक्ने ब्यावस्था मिलाउनु पर्ने समितीको निर्णय छ । आउदो साउन बाट प्रसारण सुरु गरिने सो कार्यक्रम कुन रेडियो र कुन समयमा प्रसारण गरिने सम्बन्धमा भने तय भईसकेको छैन ।
पदाधीकारीहरु यस प्रकार छन् ।
१) अध्यक्ष– कृष्ण कुमारी कुलुङ
२) उपाध्यक्ष – जंगबहादुर कुलुङ
३) सचिव – ध्यान कुलुङ
४) कोषाध्यक्ष – तुलाबहादुर कुलुङ
५) सदश्यहरु – गोपाल कुलुङ
–    रबिन्द्र कुलुङ
–    दिल बहादुर कुलुङ
–    भिम बहादुर कुलुङ
–    धनबहादुर कुलुुङ
सल्लाहकार समिती सदस्यहरुहरु
–    जुद्धबहादुर कुलुङ
–    राजधन कुलुङ
–    गोपी सम्सेर कुलुङ
कार्यक्रम उत्पादन समिती सदस्यहरु 
निर्देशक – ध्यान कुलुङ
सदस्यहरु     – अनिता कुलुङ
–    लोक कुमार कुलुङ
–    लाकपद कुलुङ
–    नैकुमार कुलुङ
–    अञ्जना कुलुङ
बिभिन्न जिल्लाहरु बाट र नेपाल बाहिर बाट कार्यक्रम प्रतिनिधीहरु आवश्यक परेको हुदा सम्र्पक गर्नु होला ।
 

Monday, June 24, 2013

विवाह र मृत्यु आफूले चाहेर नहुँदोरहेछ –रेखा थापा, नायिका

नायिका रेखा थापा यतिबेला चर्चामा छिन् । एकीकृत नेकपा माओवादीमा प्रवेश गरेपछि थापाको चर्चा अरु बढेको छ । पार्टीमा प्रवेश गरिसकेपछि पनि उनी काली नामको चलचित्र बनाउन सक्रिय छिन् । यसै सन्दर्भमा भर्खरै अनलाइनखबरका लागि रेखाले दिएको एक अन्तरवार्तामा उनले आफूमाथि हुँदै आएका आलोचनाहरुको यसरी प्रतिवाद गरेकी छन् : कलाकार राष्ट्रको गहना हुन्छन् । तर तपाई त माओवादीको कार्यकर्ता बन्नुभयो, हामी तपाईलाई कलाकार भनौं कि पार्टीको कार्यकर्ता ? –म गहनाबाट अब देशको सेवक हुन चाहन्छु । मलाई कुनै पनि पार्टीको कार्यकर्तामात्रै भन्दा पनि तपाईहरु र राष्ट्रको सेवकका रुपमा चिनिदिनुभए हुन्छ । म माओवादीमा प्रवेश गरेको पनि देश र जनताको सेवा गर्नकै लागि हो । समाजको सेवक बन्नका लागि हो । Rekha-Thapaके देखेर, र के गर्छु भनेर माओवादीमा प्रवेश गर्नुभयो ? पार्टीमा तपाईको भूमिका के रहन्छ ? पार्टीको नीति नियमको बारेमा कत्तिको स्पष्ट हुनुहुन्छ ? –पार्टीमा लागिसकेपछि त्यसका नीति नियमहरुको पालना गर्नैपर्छ । कतिपय नीति नियम नयाँ पनि बन्दै जान्छन् । पार्टीमा लागिसकेपछि नबुझेका विषय पनि बुझिन्छ । जहाँसम्म मेरो भूमिकाको प्रश्न छ, मलाई यस्तै भूमिका चाहिन्छ भन्ने आग्रह छैन, राजनीतिमार्फत समाजको सेवा गर्ने मेरो भूमिका रहने छ । बाँकी भूमिका भविश्यले निर्धारण गर्नेछ । तपाईले पार्टी प्रवेश गर्दा माओवादी गरीवको पार्टी भन्नुभएको थियो । तर, तपाईका नेताहरु आलिसान महलमा बसिरहेका छन् । गरीव जनताको कुरा सुनिरहेका छैनन् । तपाई यसलाई कसरी लिनुहुन्छ ? –युद्धका बेला नेताहरुको भूमिका बेग्लै थियो । तर, अहिले सरकारमा जाने र अन्य भूमिका निर्वाह गर्ने क्रममा उहाँहरुले प्रयोग गरेका महलहरु नेताका पेवा होइनन् जस्तो मलाई लाग्छ । पहिला छवि ओझालाई प्रयोग गर्नुभयो, अब फेरि माओवादी पार्टीलाई प्रयोग गरेर अगाडि बढ्न थाल्दै हुनुहुन्छ भन्ने तपाईलाई आरोप लाग्ने गरेको छ, के यो साँचो हो ? हिजोका दिनमा कसले कसलाई प्रयोग गर्यो, त्यो इतिहासले प्रष्ट पार्ने कुरो हो । चेतनशील मान्छेले कसैलाई यस्तो आरोप लगाउन सक्दैन । म कसैलाई प्रयोग गर्ने वा कसैबाट प्रयोग हुने मान्छे होइन । मान्छेले अपमानित गर्नका लागि यस्ता आरोपहरु लगाएका मात्र हुन् । तपाईहरु कोही पनि यस्तो भ्रममा नपर्नुहुन आग्रह गर्छु । देशमा बढदो अशान्ति गरीविले गर्दा लाखौ युवाहरु विदेशिएका छन । तपाईको पार्टि प्रवेशले ति युवाहरुलाई स्वदेशमै राख्ने खालको कुनै योजनाहरु छन् ? –म पार्टीमा नरहँदा पनि र नरहँदा पनि यस विषयमा सोच्ने गरेकी छु । अमेरिका गएर फर्केपछि मैले देशभित्रै बसेर केही गर्नुपर्छ भन्ने कुरा गर्दा धेरैले मेरो विरोध गरे । हामीकहाँ राम्रो काम गर्न खोज्दा विरोध गर्ने चलन छ । तर, म विचलित नभई युवाहरुको पक्षमा काम गर्न तयार छु । म आफैं पनि युवा हुँ । त्यसैले युवाहरुले विदेश जानु नपरोस्, रोजगारीका लागि भनेर एकजना पनि नेपालीले एयरपोर्ट टेक्नु नपरोस् । त्यसका कहाँ कहाँ संघर्ष गर्नुपर्ने हो, त्यसका लागि लड्न म तयार छु । बरु यसका लागि मैले पार्टीभित्र र बाहिर कसरी संघर्ष गर्नुपर्छ, सल्लाह र सुझाव दिनुहोला, तपाईहरुसँग हातेमालो गरेर अघि बढ्न म तयार छु । तपाई हामीले मिलेर यो काम गर्नुपर्छ र देशको भलो हुने काम सोच्नुपर्छ । तपाईहरुको माया पाएपछि मैले यसबारे अवश्यै केही गर्न सक्छु भन्ने सोचेकी छु । तपाई आफुलाई कतिको सेक्सी ठान्नुहुन्छ ? जति उमेर ढल्कँदैछ, उति सेक्सी देखिन थाल्नुभएको छ, यसको राज के होला ? –मेरो उमेर कहाँ ढल्केको छ र ? झनै जवानी पो चढ्दैछ ! जहाँसम्म सेक्सी देखिएको भन्ने कुरा छ, मलाई त्यस्ती छु जस्तो लाग्दैन, तपाईहरुलाई लाग्यो होला । सेक्सबारे तपाईको धारणा के हो ? –सेक्सका बारेमा भन्दा पनि म देशका बारेमा सोच्न चाहन्छु । धेरै युवायुवतीले देश छाडेर, विदेशमा गएर काम गरिराख्नुपरेको छ । हाम्रा सबै नेपाली दाजुभाइले आफ्नै देशमा बसेर काम गर्ने र खुशीसाथ जीवन बिताउने वातावरण बनाउनुपर्छ । अर्को विवाह गर्ने सोचाइमा हुनुहुन्छ कि ? के सोचाइ बनाउनुभएको छ ? घरबार गर्ने हो भने कस्तोखालको रोज्नुहुन्छ ? –मैले विवाहबारे केही पनि सोचेकी छैन र अहिले विवाह मेरो कल्पनाभित्र छैन । जहाँसम्म मेरो कस्तोखालको घरबार हुन्छ भन्ने प्रश्न छ, मैले केटाको धन सम्पत्ति हेर्दिँन । मेरो घरबार रिक्साचालक वा सब्जी ब्यापारीसँग पनि हुन सक्छ । वैदेशिक रोजगारीमा गएकाहरुसँग पनि हुन सक्छ । मैले यसबारे अहिल्यै सोचेकी छैन । तपाई र छविको सम्बन्ध टुटेको रहेछ, अब तपाईको साथ पाउने भाग्यमानी को होला ? –विवाह, सम्बन्ध र मृत्यु आफूले चाहेर नहुँदोरहेछ । अब मेरो कोसँग विवाह होला, यो मेरो कल्पना बाहिरको कुरा हो । छवि ओझालाई छाडनुको कारण के हो ? धन, उमेर या सेक्स ? –छविजीलाई मैले छाडेकी हैन, माथिबाटै यस्तो हुन गएको हो । लेखान्तको कुरो हो । तपाईको नाम प्रकाश दाहाल र जीवन लुइटेलसँग जोडिन थालेको रहेछ, सत्य के हो ? –जीवन लुँइटेल र म एउटै गाउँका हौं । उनी मेरी मम्मीलाई मम्मी भन्छन् । हाम्रो परिवारमा उनको आवत-जावत पनि भैरहन्छ । उनी मेरा असाध्यै राम्रा साथी हुन् । उनले पनि चलचित्र क्षेत्रमा १० वर्षभन्दा बढी संघर्ष गरेर यहाँसम्म आएका छन् । उनी विवाहित मानिस हुन् । जहाँसम्म प्रचण्डपुत्रको कुरा छ, काम नभएका मान्छेले फुर्सद कटाउन लगाउने यस्ता उट्पट्याङ आरोपका पछाडि लाग्ने मलाई फुर्सद छैन ।

Thursday, June 20, 2013

जियाको ‘अर्को सुसाइड नोट’ भेटियो

jiya-khana-300x182 बलिउड अभिनेत्री जिया खानको आत्म हत्यापछि भेटिएको उनको ‘सुसाइड नोट’ उनकी आमाले प्रहरीलाई बुझाएकी छन् । तर, अर्को सुसाइड नोट जियाको ब्याईफ्रेण्ड सूरज पंचोलीको घरबाट भेटिएपछि धेरैलाई आश्चर्य पारेको छ । दुबै सुसाइड नोटमा लेखाईको शैली र भनाई निकै फरक पाईएको छ । जियाको आमाले प्रहरीलाई बुझाएको सुसाईड नोटमा सूरजले बलात्कार र जर्वजस्ति गर्भपतन गर्न लगाएको  आरोप लगाईएको छ भने अर्को सुसाईड नोटमा सूरजलाई ‘एकदमै माया गर्ने मान्छे’को रुपमा व्याख्या गरिएको छ ।

यि विवादास्पद् दुईवटा सुसाईट नोट भेटिएपछि यसबारे बुझ्न सूरजका बुवा आदित्य पंचोली आफै अगाडी सरेका छन् ।
आदित्यले आफूले आफ्नो घरमा भेटिएको सुसाइड नोट हस्तलिखित विषेशज्ञलाई दिएको बताएका छन् । उनले एक अन्तर्वातामा भनेका छन्,‘पुलिसले यस विषयमा आफै केही गर्ने छ, मैरे मेरो तर्फबाट सुसाईट नोट हेण्डराईटिङ विशेषज्ञलाई दिएको छु जसले वास्ताविकता पत्ता लगाउन सकोस । ’
आदित्यले जिया की आमा राबिया खानलाई चुनौति दिदै भनेका छन्,‘ प्रहरीले आफ्नो काम गर्दै जान्छ तर सुसाइड नोट जियाले नलेखेको पुष्टि भएमा कानुनी कारवाहीमा जान्छौं ।’ तर जियाकी आमा राबियाले पनि आफू आदिस्यको धम्कीले नडराउने बताएकी छन् । राबियाले जियाको सुसाइड नोट नक्कली भए आफू कानुनी कारवाही भोग्न तयार रहेको बताएकी छन् । उनले भनेकी छन्,‘ मेरो छोरीलाई मृत्युको डर भएन, अब उ छैन, मलाई कुनै विषयको चिन्ता छैन ।’ बलिउड अभिनेत्री जियाले प्रेममा दुईहप्ता अघि आत्महत्या गरेकी थिईन ।

Friday, June 14, 2013

एसएलसी फेल हुनेलाई हरिवंशदेखि बिल गेट्ससम्मको साथ ! परीक्षामा असफल भए पनि अवसर नै अवसर

सधैंका वर्षहरुमा जस्तै यसपालि पनि एसएलसीमा जाँच दिएकामध्ये आधाभन्दा धेरै विद्यार्थी फेल भए । परीक्षामा असफल भएपछि निराशा र चिन्ता हुनु स्वभाविक नै हो । फेल भएको पीडा सहन नसकेर कतिपयले आत्महत्या जस्तो कठोर निर्णय समेत गर्ने गर्छन् । तर, एसएलसीमा फेल हुनु नै जिन्दगीमा असफल हुनु होइन । घोडा चढ्ने मान्छे लड्छ भने झैं जाँच दिने मान्छे फेल हुन्छन् । यसरी पढाइमा असफल र फेल भएका मान्छे पढेकाभन्दा ‘सेलिबि्रटी’ भएका उदाहरण प्रशस्त छन्  ।

Haribansa-and-Bill-Gates
एसएलसीमा फेल भएर निराश भएकाहरुको मनोबल बढाउन सामाजिक सञ्जालमा यस्तै उदाहरणीय व्यक्तित्वहरु चर्चा हुन थालेको छ । कतिले नेपालकै चर्चित व्यक्तिहरुको प्रसंग जोडेका छन् भने कतिले विश्वकै धनी व्यक्ति र वैज्ञानिक सम्मलाई सम्झन पुगेका छन् । ’बोर्डफस्ट भएर बाबुराम हुनुभन्दा त फेल भएर हरिवंश हुनु नै जाति’ एसएलसी रिजल्ट भएलगत्तै सामाजिक सञ्जालमा सबैभन्दा बढी देखिने उद्गार हो यो । पूर्वप्रधानमन्त्री एवं एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. भट्टराई ०२५ सालको एसएलसीमा ‘बोर्डफस्ट’ हुनुभएको थियो । पीएचडीसम्म पढेका उहाँलाई सबैले विद्वानको रुपमा मान्छन् ।
तर राजनीतिक रुपमा भने उहाँलाई मन नपराउनेको संख्या धेरै छ । अर्का पात्र वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य एसएलसीमा फेल हुनुभएको थियो । उहाँको पुस्तक ‘चिना हराएको मान्छे’ पढेपछि धेरैले यो कुरा थाहा पाए । एसएलसीमा फेल भएका आचार्य सामाजिक क्षेत्रमा भट्टराई भन्दा बढी लोकपि्रय हुनुहुन्छ । त्यसैले सामाजिक सञ्जालमा भट्टराई र आचार्यलाई तुलना गर्दै एसएलसीमा फेल हुनेहरुको मनोबल बढाउन खोजिएको हो ।
परीक्षामा असफल हुँदैमा निराश हुनु पर्दैन भन्ने अरु उदाहरण पनि छन् । सामाजिक सञ्जालमा पढ्न पाइने केही उदाहरण हेरौं :
-“I failed in some subjects in exam, but my friend passed in all. Now he is an engineer in Microsoft and I am the owner of Microsoft.” ― Bill Gates
- संसारमा सबैभन्दा धेरै आविष्कार गरेर नाम कमाउन सफल थोमस एल्भा एडिसनलाई १२ वर्षको उमेरमा स्कूलबाट निकाला गरिएको थियो ।
- अल्बर्ट आइन्स्टाइनलाई मन्दबुद्धिको केटो भनी स्कुलमा हेला गरिएको थियो । उनी कलेजको प्रवेश परिक्षामा असफल भएका थिए ।
- विलियम शेक्सपीयर कक्षा ५ मा दुई पटक फेल भएका थिए ।
- रविन्द्रनाथ ठाकुर म्याट्रिकुलेसन (SLC) मा सात पटक फेल भएका थिए ।
- महात्मा गान्धी म्याट्रिकुलेसनमा तेश्रो डिभिजनमा पास भएका थिए ।
- विन्स्टन चर्चिल कक्षा ६ मा फेल भएका थिए ।
- लियो टाल्सटाय कलेजबाट भागेका थिए ।
- ब्रुस लीले पनि पढाइलाई चटक्कै छोडेका थिए ।
- जोन डी रकेफेलर निरक्षर थिए ।
- म्याक्सिम गोर्की कहिल्यै विद्यालय गएनन् ।
- माइकल फराडे, विल गेट्स, स्टेफन स्पेल बर्ग, पिटर जेनिग्स, स्टिभ जब्स,हेरी एस ट्रुमन आदि कलेज नै गएका थिएनन् ।
- २०५ अमेरिकी अर्बपतीहरू कलेज नै नगएको तथ्याकं छ ।
फेल हुनेलाई जताततै अवसर
पास हुनेहरुलाई उच्चशिक्षा पढ्ने ठाउँ भएजस्तै एसएलसी असफल हुनेहरुका लागि पनि जिन्दगी बनाउने बाटो प्रशस्त छन् । ‘एसएलसी दिने उमेर भनेको कमाउने उमेर हो, कमाउनको लागि पास हुनैपर्छ भन्ने छैन’ शिक्षाविद डा. विद्यानाथ कोइरालाले अनलाइनखबरसित भन्नुभयो-’सकिन्छ एक वर्ष कुरेर जाँच दिने, हैन भने सीप सिकेर कमाउन थाल्ने ।’ दुई विषयसम्म मात्र अनुतीर्ण हुनेले आउँदो साउन २० गतेदेखि पुरक परीक्षा दिन पाउँछन् । पुरक परीक्षामा पास भएमा यही वर्ष कलेज पढ्न पाइन्छ । अर्थात अहिले फेल भएर पनि पुरकमा पास भएमा उच्च शिक्षा पढाईमा कुनै घाटा लाग्दैन । दुई विषयभन्दा बढीमा अनुतीर्ण हुनेहरुले भने अर्को वर्ष एसएलसी दिनुपर्छ । ‘एक वर्ष पर्खंदैमा भविष्य बिग्रिदैन’ कोइरालाले भन्नुभयो ।
पढ्न मन लागेन भने पनि केही छैन । ‘तरकारी खेती, पशुपालन लगायत व्यवसायिक कृषि पेशाको लागि एसएलसी पास गर्नै पदैन’ शिक्षाविद कोइरालाले भन्नुभयो-’व्यवसायिक कृषि पेशा अपनाएर धेरैले राम्रो आम्दानी गर्ने गरेका छन् ।’यस्तै मोवाईल मर्मत, कम्प्युटर मर्मत, रेडियो र टेलिभिजन मर्मत, मोटरसाइकल मर्मतको तालिमको लागि पनि एसएलसी पास गर्न पर्दैन । ‘अरुले गरेको हेरेर र तालिम लिएर धेरैले यस्ता सीपमूलक कामबाट आम्दानी गरेका छन्’ कोइरालाले भन्नुभयो-’अब पढाई मात्र ठूलो कुरा होइन, लगनशिलता र सृजनशिलता महत्वपूर्ण पक्ष हो, लगनशील हुने हो भने असफल मान्छे पनि जिन्दगीमा सफल हुन सक्छ ।’

यसपालीको एसएलसीमा २२ निजीसहित ३ सय ४५ विद्यालय निल


१ असार, काठमाण्डौं । २०६९ सालको एसएलसी परीक्षामा मुलुकभरका तीनसय ४५ विद्यालयको नतिजा शून्य आएको छ । शून्य नतिजा आएका मध्ये २२ वटा निजी विद्यालय छन् । एकजना पनि विद्यार्थी परीक्षामा उर्त्तीण गराउन नसक्नेमा अन्य सबै सामुदायिक विद्यालय रहेको परीक्षा नियन्त्रण कार्यालय -पनिका)ले जनाएको छ । नतिजा शून्य आउने अधिकांश निजी विद्यालय काठमाण्डौं उपत्यकाका छन् , परीक्षा नियन्त्रक खगराज बरालका अनुसार काठमाण्डौंका आठ, भक्तपुरका दुई र ललितपुरका एक निजी विद्यालयको नतिजा शून्य छ । उपत्यकाका कुनै पनि जिल्लामा सामुदायिक विद्यालयको नतिजा शून्य नरहेको पनिकाले जनाएको खबर अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । नतिजा शून्य आउने अन्य निजी विद्यालय झापा, सुनसरी, सप्तरी, धनुषा, बाँके र कञ्चनपुरका छन् ।
सामुदायिकतर्फ सबैभन्दा धेरै विद्यालयको नतिजा शून्य हुने जिल्ला उदयपुर रहेको छ । उदयपुरका ३१ वटा विद्यालयले एकजना पनि विद्यार्थी परीक्षामा उर्त्तीण गराउन सकेका छैनन् ।
मनाङको नतिजा सबैभन्दा धेरै, काठमाण्डौं दोस्रो
गत बर्षको एसएलसी परीक्षामा सबैभन्दा बढी उर्त्तीण हुने जिल्ला मुस्ताङ रहेको छ भने दोस्रोमा काठमाण्डौं भएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार मुस्ताङ जिल्लाले ८२ दशमलब ०५ प्रतिशत विद्यार्थी उर्त्तीण गरेको छ भने काठमाण्डौंले ८१ दशमलब ७८ प्रतिशत विद्यार्थी उर्त्तीण गरेको पनिकाले जनाएको खबर नेपाल समाचारपत्रले छापेको छ ।
नतिजाका आधारमा सल्यान यसपटक सबैभन्दा कम विद्यार्थी उर्त्तीण हुने जिल्लामा परेको छ । सल्यानमा ७ दशमलब ३९ प्रतिशत विद्यार्थी उर्त्तीण भएका छन् ।

Tuesday, June 11, 2013

एसएलसीमा फेल भएपछि आत्महत्या

चितवन, जेठ २८ एसएलसीमा अनुतिर्ण भएपछि चितवनमा एक जना विद्यार्थीले आत्महत्यागरेका छन् ।
स्काईराईडर आवासीय उच्चमाबि रत्ननगरबाट एलएलसी परीक्षा दिएका रत्ननगर ७ कपरखोरीका १६ बर्षका अनिस अम्गाईले आत्महत्या गरेको ईलाका प्रहरीकार्यालय रत्ननगरले जनाएको छ ।
यसअघिसम्म शत प्रतिशत नतिजा ल्याउँदै आएको स्काईराईडर आवासीय उच्चमाबिमा यस पटक तीन जना विद्यार्थी अनुतिर्ण भएका थिए ।
एक सय ३० जना विद्यार्थीले एसएलसी दिएकोमा ७३ जना विशिष्ट श्रेणीमा ५२ जनाप्रथम र २ जना दोश्रो श्रेष्णीमा उत्तीर्ण भएका थिए ।

‘मुन्द्रे’को एसएसलसी सेकेन्ड डिभिजन मनोज गजुरेल र जितु उस्तै, धुर्मुस प्रथम श्रेणीम

‘मुन्द्रे’को एसएसलसी सेकेन्ड डिभिजन 

मनोज गजुरेल र जितु उस्तै, धुर्मुस प्रथम श्रेणीम

२८ जेठ, काठमाडौं । मंगलबार सार्वजनिक भएको एसएलसीको नतिजा कतिका लागि राम्रो भयो, कतिलाई नराम्रो । डिस्टिङसन, फस्ट र सेकेन्ड डिभिजन आयो भनेर मख्ख पर्ने पनि छन् । थर्डमै चित्त बुझाउने पनि छन् । पास हुनेभन्दा फेल हुने धेरै छन् । तर चर्चा चाहिँ पास हुनेको मात्रै छ । एसएलसीको नतिजा सार्वजनिक भएको दिन त्योभन्दा माथि पढिसकेका र पढेर सकाइसकेकाहरुले पनि विगतको याद गर्ने गर्छन् । आज अनलाइनखबरले देशका तीनजना हास्य कलाकारसँग उबेलाको एसएलसी नतिजाको अनुभवबारे छोटो कुराकानी गरेको छ ।
नेपाल टेलिभिजनको चर्चित हास्य सिरियल जिरे खुर्सानीमा कलाकार जितु नेपाल सिरियलमा भन्ने गर्नुहुन्छ- ‘थर्ड डिभिजन ल्याएर एसएलसी पास गरेको मान्छे हुँ, के सोच्या छ..।’ तर वास्तवमा जितुले थर्ड डिभिजन होइन, सेकेन्ड डिभिजनमा एसएलसी पास गर्नुभएको हो । मंगलबार एसएलसीको नतिजा सार्वजनिक भएको दिन अनलाइनखबरसितको कुराकानीमा कलाकार नेपालले आफ्नो बेला सम्झँदै भन्नुभयो -
jitu-nepalमुन्द्रेको एसएलसी
‘मैले २०४८ सालमा सिन्धुपाल्चोकको जाल्पा माविबाट एसएलसी दिएको थिएँ । अहिलेजस्तो पहिले नै नतिजा आउँदैछ भन्ने थाहा पनि हुँदैनथियो । बिहान रेडियोले रिजल्ट भयो भनेको दिन म काठमाडौंको जडिबुटीमै थिएँ । तर, पनि दिउँसो मात्र गोरखापत्र हेर्ने मौका मिल्यो । मलाई मेरो सिम्बोल नम्बर अझै याद छ ।
३७९५५’यू’ थियो । अन्तिममा यू भएको हुनाले उतीर्ण हुन्छु भनेर मैले व्याख्या गर्ने गरेको थिएँ । नभन्दै उतीर्ण भएँ । सेकेण्ड डिभिजनमा पास भएँ । त्योबेला मेरो स्कूलबाट ४०/४५ जनाले परीक्षा दिएकोमा म समेत जम्मा ५ जनामात्र पास भयौं । उबेला त्यसरी पास हुनुको महत्व नै बेग्लै थियो ।
मलाई लाग्छ कि डिस्टिङसन, कि थर्ड डिभिजनको महत्व छ । बीचको फस्ट र सेकेन्ड भन्या त उस्तै हो । त्यसैले मैले आफ्नो टेलिसिरियलमा थर्ड डिभिजनलाई महत्व दिएका हौं ।’
म दुई नम्बरको एसएसलसी
Manoj-gajurelजितु नेपालजस्तै अर्का हास्यकलाकार मनोज गजुरेलले पनि ०४८ सालमै एसएलसी दिनुभएको हो । ’मैले काठमाडौंको पद्मोदय माविबाट एसएलसी दिएको हुँ । नतिजा आउने दिन काठमाडौंमै थिएँ । लौ आज नतिजा प्रकाशित हुन्छ भनेर सबैले हल्ला गरे । एकाबिहानै गोरखापत्र संस्थानमा गएर लाइन बसियो । बल्लतल्ल भीडमा धकेलाधकेल गरेर गोरखापत्र पाइयो ।
हेर्दै गाको, सेकेन्ड डिभिजनमा पास भएछु । मलाई फस्ट डिभिजनभन्दा सेकेन्ड डिभिजन नै राम्रो लाग्छ । फस्ट हुनका लागि धेरैजना प्रयास गर्छन् । तर, एउटा मात्रै सफल हुन्छ । दुई नम्बर त सधैं उस्तै । म कलाकारितामा पनि दुई नम्बरको हुँ । एसएलसीमा पनि सेकेन्ड डिभिजन, कलाकारितामा पनि दुई नम्बर ।
धुर्मुस एसएलसीका दिन भूमिगत
sitaram-kattel
अर्का हास्यकलाकार सीताराम कट्टेल धुर्मुसलाई भने पास होला जस्तै लागेको थिएन । ‘मैले झापा गौरादहको ज्ञानज्योति माविबाट एसएलसी दिएको हो । त्योबेला कक्षामा सेकेन्ड हुन्थें । तर एसएलसीमा गणित धेरै बिग्रेको थियो । गणितमा फेल हुन्छु जस्तो लागेकाले रिजल्ट भएको दिन कतै गइँन । घरभित्रै लुकेर बसें ।
भोलिपल्ट स्कूलमा रिजल्ट टाँसेको रहेछ । साथीहरुले तँ त फस्ट डिभिजनमा पास भएको छस् भनेर सुनाए । मलाई पत्यार नै लागेन । गएर गोरखापत्र हेरें । साँच्चै फस्ट डिभिजनमा पास भएको रैछु । साहै्र गदगद भएँ ।

Sunday, June 9, 2013

मदनकृष्णले भने, ‘बुढीहरुले जिस्काँएर हैरान पार्छन्’

पहिलो पटक आयोजना भएको ‘ओफा अवार्ड’मा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पाएपछि कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई आफूहरुलाई उमेर छिप्पिएको भान भएको बताए । कार्यक्रममा अवार्ड ग्रहण गरेपछि मदनकृष्णले भने, ‘मलाई बुढो भए कि जस्तो लाग्न थालेको छ किनकी बाटोमा धेरैले पाका महिलाहरुले हाई भन्दै जिस्काउँछन् । अवार्ड ग्रहण गर्दै मह जोडीले आफूहरुले कलाको क्षेत्रमा अझै धेरै योगदान गर्न बाँकी रहेको प्रतिक्रिया दिए ।अनलाइन फिल्मीखबर डटकमले आयोजना गरेको कार्यक्रममा १३ विधामा अवार्ड प्रदान गरिएको थियो । जसमा मह जोडीलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएका हो ।

पहिलो पटक आयोजना गरिएको अवार्ड कार्यक्रममा पपुलर नायक जीवन लुइटेल, पपुलर नायिका रेखा थापा, पपुलर निर्देशक सुरज सुब्बा ‘नाल्बो’, पपुलर सिनेमा रिदम, पपुलर संगीतकार बसन्त सापकोटा घोषित भएका थिए । यस्तै पपुलर नव नायिका पि्रयंका कार्की, पपुलर नव नायक संयम पुरी घोषित भए । पपुलर छायांकारको अवार्ड संजय लामाको पोल्टामा गयो ।
कार्यक्रममा नेपाली सिनेमाका चर्चित कलाकारहरुको उपस्थिती रहेको थियो । यस्तै जुरी अवार्ड ‘थ्री लभर्स’का नायक तथा निर्माता देवु श्रेष्ठलाई सिनेमा नगरीमा योगदान गरेको भन्दै प्रदान गरिदा धेरैले आलोचना पनि गरेका थिए । कार्यक्रममा चर्चित हाँस्य जोडी दिपकराज गिरी र दिपाश्री निरौलाले धरान महोत्सवका बिषयमा चलचित्र बिकास बोर्डका अध्यक्ष धमेन्द्र मरबैता ‘पप्पु’को उछितो काटेका थिए ।
Template Design by Cool Blogger Tutorials | Published by Templates Doctor
Powered by Blogger