Monday, July 29, 2013
Friday, July 26, 2013
Sunday, July 21, 2013
कार्यक्रम - स्मृतिका पानाहरु 070-4-4, Listen and Download
Saturday, July 20, 2013
गायक गायिका उदय सोताङ, र गायिका मनिला सोताङलाई सम्मान गरिने
कुलुङ संघले आगामी साउन २६ गते काठ्माण्डौमा एक कार्यक्रमको आयोजना गरि बिभिन्न ब्यक्तिहरुलाई सम्मान गर्ने भएको छ । सो कार्यक्रममा गत शैक्षिक बर्षको एस एल सि परिक्षा दिने बिद्यार्थीहरु मध्ये १ छात्र र १ छात्रा लाई छात्रबृत्ति बितरण गर्नेछ । सो कार्यक्रममा गायक उदय सोताङ, गायिका मनिला सोताङ, कुलुङ लेखक भुपुध्वज थोम्रोस, अन्तराष्ट्रि म्याराथन प्रथम धावक सुदिप कुलुङ, दोश्रो डिबि कुलुङ, कुलुङ जातिको पहिलो सगरमाथाको सफल आरोहि धनकुबिर कुलुङ, कुलुङ भाषाको पहिलो चलचित्र तेल्पोसको निर्माण टिम लगायतका थुप्रै ब्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
Wednesday, July 17, 2013
Tuesday, July 16, 2013
इजरायल बस्दा घर सम्झेर धेरै रोएँ
ज्योती राई,
/ मेरो जन्मथलो इलामको पशुपति नगर ८ मा छ । म अहिले काठमाडौंको नैकापमा बस्दै आएको छु । मलाई पैसाको खाँचो पनि थियो र केटीहरुलाई राम्रो सुविधा छ भन्ने सुनेर म पनि विदेश जान तयार भएँ ।
म सुरुमा इजरायल गएको हुँ । कमाई पनि राम्रो छ, युरोप जस्तै सुविधाहरु पाइन्छ भन्ने सुनेर मलाई पनि जाउँ जाउँ लाग्यो ।
इजरायलमा अरु देशमा भन्दा पैसा पनि राम्रो कमाइ हुने र सुरक्षा पनि हुने भन्ने थाहा भएपछि मलाई जान मन लाग्यो । मेरो दाइले मलाई नजाउ पछि एकै पटक १२ कक्षाको परीक्षा दिएर क्यानडा तिर ट्राइ गर भन्नु भएको थियो तर हामी चार पाँच जना मिलेर ग्रुपमै ट्राइ गरेका हौं ।
म रिसायँ, घरमा राम्रोसँग बोलिन अनि दाइले पनि हुन्छ भन्नुभयो । पैसा ४/५ लाख रुपैयाँ तयार गर्नुपर्थ्यो । अनि भाषाहरु अलि अलि सिक्नुपथ्र्यो । त्यसमा त्यती गारो भएन ।
सुरुमा त भाषाले अलि अलि समस्या पार्थ्यो । इंग्लिस त्यति नआउने । अरु देशबाट पनि आएकालाई इंग्लिस नआउने भएकाले हामीले हिब्रु जान्नैपथ्र्यो । सुरुमा त गारो थियो ।
सुरु सुरुमा त घरको निकै याद आउँथ्यो । रुन्थें पनि । उमेर पनि सानै थिएँ । आफन्त पनि कोही थिएन । सुख दुःख पोख्ने पनि कोही थिएन ।
सुरुमा त भाषाकै समस्या भयो । पछि खानाकै समस्या भयो । एक गिलास चामलको भात पकाएर एक हप्तासम्म फ्रिजमा खानुपर्ने । यहाँको भन्दा खानेकुरा निकै समस्या थियो । कतिकुरा नबुझ्ने भएकाले थप समस्या पर्थ्यो । छुट्टिमा आएपछि कहाँ जाने भन्ने कुरा भाषाले गर्दा नै समस्या हुन्थ्यो ।
सबैभन्दा पहिला मान्छेमा म जहाँ पनि एड्जस्ट हुन सक्छु भनेर कन्फिडेन्ट हुनुपर्छ । जुन देश जाने हो त्यही देशको बारेमा जानकारीहरु लिने, हावा पानी कस्तो छ त्यसको जानकारी लिनुपर्छ ।
अहिले त सजिलै सबै देशको जानकारी पाइन्छ । तयारी गरेर विदेश जाँदा नै राम्रो हुन्छ । आफू जुन देश जाने हो त्यसको भाषा चैं राम्रोसँग जानियो भने राम्रो हुन्छ ।
सुरुमा ६ सय डलर दिएको थियो । पछि काम पनि राम्रो भयो र तलव पनि १ हजार डलर कमाउँथे । म चार वर्ष र ८/९ महिना बसेँ । म बिचमा छुट्टीमा आउन खोजेँ तर मिलेन । त्यहाँबाट अन्तै ट्राइ गर्न पनि खोजेको थिएँ । मैले अमेरिकाको लागी ट्राइ गरेर अन्र्तवार्ता पनि दिएको थिएँ । तर परिवारले सानैमा विदेश गएको, उता गएपछि कहिले भेट हुनेहो एक पटक नेपाल आइज भनेपछि म आएँ ।
लामो समयपछि आउँदा खुसी लाग्यो । नेपालको बाटो हेर्दा दुःख पनि लाग्दो रहेछ । उनीहरुको देश र हाम्रो देशमा निकै फरक लाग्यो । तर म ५ वर्ष विदेश बसेर आउँदा पनि हाम्रो यहाँ त्यति धेरै फरक लागेन ।
विदेश जानु भन्दा पहिले भाषा सिक्नुपर्छ । त्यहाँको रहन सहन बारेमा पनि जानकारी लिनुपर्छ । कन्फिडेन्ट नभएका मान्छेहरु सकेसम्म नजाँदा नै राम्रो हुन्छ । आफूलाई विदेश पठाउने एजेन्टको बारेमा पनि जानकारी लिइ राख्नुपर्छ ।
/ मेरो जन्मथलो इलामको पशुपति नगर ८ मा छ । म अहिले काठमाडौंको नैकापमा बस्दै आएको छु । मलाई पैसाको खाँचो पनि थियो र केटीहरुलाई राम्रो सुविधा छ भन्ने सुनेर म पनि विदेश जान तयार भएँ ।
म सुरुमा इजरायल गएको हुँ । कमाई पनि राम्रो छ, युरोप जस्तै सुविधाहरु पाइन्छ भन्ने सुनेर मलाई पनि जाउँ जाउँ लाग्यो ।
इजरायलमा अरु देशमा भन्दा पैसा पनि राम्रो कमाइ हुने र सुरक्षा पनि हुने भन्ने थाहा भएपछि मलाई जान मन लाग्यो । मेरो दाइले मलाई नजाउ पछि एकै पटक १२ कक्षाको परीक्षा दिएर क्यानडा तिर ट्राइ गर भन्नु भएको थियो तर हामी चार पाँच जना मिलेर ग्रुपमै ट्राइ गरेका हौं ।
म रिसायँ, घरमा राम्रोसँग बोलिन अनि दाइले पनि हुन्छ भन्नुभयो । पैसा ४/५ लाख रुपैयाँ तयार गर्नुपर्थ्यो । अनि भाषाहरु अलि अलि सिक्नुपथ्र्यो । त्यसमा त्यती गारो भएन ।
सुरुमा त भाषाले अलि अलि समस्या पार्थ्यो । इंग्लिस त्यति नआउने । अरु देशबाट पनि आएकालाई इंग्लिस नआउने भएकाले हामीले हिब्रु जान्नैपथ्र्यो । सुरुमा त गारो थियो ।
सुरु सुरुमा त घरको निकै याद आउँथ्यो । रुन्थें पनि । उमेर पनि सानै थिएँ । आफन्त पनि कोही थिएन । सुख दुःख पोख्ने पनि कोही थिएन ।
सुरुमा त भाषाकै समस्या भयो । पछि खानाकै समस्या भयो । एक गिलास चामलको भात पकाएर एक हप्तासम्म फ्रिजमा खानुपर्ने । यहाँको भन्दा खानेकुरा निकै समस्या थियो । कतिकुरा नबुझ्ने भएकाले थप समस्या पर्थ्यो । छुट्टिमा आएपछि कहाँ जाने भन्ने कुरा भाषाले गर्दा नै समस्या हुन्थ्यो ।
सबैभन्दा पहिला मान्छेमा म जहाँ पनि एड्जस्ट हुन सक्छु भनेर कन्फिडेन्ट हुनुपर्छ । जुन देश जाने हो त्यही देशको बारेमा जानकारीहरु लिने, हावा पानी कस्तो छ त्यसको जानकारी लिनुपर्छ ।
अहिले त सजिलै सबै देशको जानकारी पाइन्छ । तयारी गरेर विदेश जाँदा नै राम्रो हुन्छ । आफू जुन देश जाने हो त्यसको भाषा चैं राम्रोसँग जानियो भने राम्रो हुन्छ ।
सुरुमा ६ सय डलर दिएको थियो । पछि काम पनि राम्रो भयो र तलव पनि १ हजार डलर कमाउँथे । म चार वर्ष र ८/९ महिना बसेँ । म बिचमा छुट्टीमा आउन खोजेँ तर मिलेन । त्यहाँबाट अन्तै ट्राइ गर्न पनि खोजेको थिएँ । मैले अमेरिकाको लागी ट्राइ गरेर अन्र्तवार्ता पनि दिएको थिएँ । तर परिवारले सानैमा विदेश गएको, उता गएपछि कहिले भेट हुनेहो एक पटक नेपाल आइज भनेपछि म आएँ ।
लामो समयपछि आउँदा खुसी लाग्यो । नेपालको बाटो हेर्दा दुःख पनि लाग्दो रहेछ । उनीहरुको देश र हाम्रो देशमा निकै फरक लाग्यो । तर म ५ वर्ष विदेश बसेर आउँदा पनि हाम्रो यहाँ त्यति धेरै फरक लागेन ।
विदेश जानु भन्दा पहिले भाषा सिक्नुपर्छ । त्यहाँको रहन सहन बारेमा पनि जानकारी लिनुपर्छ । कन्फिडेन्ट नभएका मान्छेहरु सकेसम्म नजाँदा नै राम्रो हुन्छ । आफूलाई विदेश पठाउने एजेन्टको बारेमा पनि जानकारी लिइ राख्नुपर्छ ।
Monday, July 15, 2013
स्मृतिका पानाहरुको प्रोमो
कार्यक्रम स्मृतिका पानाहरु
हरेक शुक्रबार राती ९ बजे देखि १० बजे सम्म
गुराँस एफ एम १०७.५ मेगाहर्जमा
प्रस्तोता अञ्जना राईको साथमा
www.emakaluonline.com
हरेक शुक्रबार राती ९ बजे देखि १० बजे सम्म
गुराँस एफ एम १०७.५ मेगाहर्जमा
प्रस्तोता अञ्जना राईको साथमा
www.emakaluonline.com
मतदाता नामाबलीमा जाँगर देखाएनन् कलाकारले, मतदान गर्नेबारे मिश्रित प्रतिक्रिया
अहिलेसम्म मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले बाहेक संविधानसभाको चुनाव बहिस्कार गर्ने कसैले भनेका छैनन् । तर, केही सिने कलाकारहरु चाँहि व्यक्तिगतरुपमा आगामी चुनावमा मतदान नगर्ने बताएका छन् । निर्वाचनको मिति घोषणासँगै मतदाता नामावलीमा नाम लेखाउने प्रक्रियालाई तिब्रता दिएको निर्वाचन आयोगले असार ३१ सम्म मतदाता नामाबलीमा नाम लेखाउन आह्वान गरेको छ । मतदाता सूचिमा नाम लेखाउनेहरुको भिडमा नेपाली सिनेमा तथा सांगीतिक क्षेत्रका कलाकारहरु आधाउधी देखिएका छन् । तर, आयोगले आह्वान गरेको समय तालिकाभित्र केही कलाकारले भने अरुची प्रकट गर्दै नाम लेखाएनन् ।
चपलीहाइट गर्ल नायिका बिनिता बराल यो बर्ष आफूलाई नाम लेखाउन कुनै जाँगर नचलेको बताउछिन् । उनी भन्छिन्, ‘भोट हालेर के हुन्छ ? नेताहरुले देश कहिल्यै बनाउने होइनन् । मलाई त नाम लेखाउन जाँगर नै आएन । एउटा सचेत नागरिक भएको नाताले नाम त लेखाउनु पर्ने हो, तर किन किन मलाई जाँगर चलेन ।’
विनितालाई जस्तै निर्माता छविराज ओझा पनि मतदाता सूचीमा नाम लेखाउने प्रक्रिया अव्यवस्थित भएकाले जाँगर नचलेको बताउँछन् । उनले भने, ‘निर्वाचन आयोग अगाडि त्यति धेरै भिड छ, जनतालाई नाम लेखाउनका लागि सुविधा दिनुपर्यो नि ।’
अहिलेका व्यस्त कलाकार दयाहाङ राइले पनि मतदाता नामाबलीमा नाम लेखाएका छैनन् । अरुलाई दोष दिनु भन्दा पनि आफ्नै हेलचक्राइले गर्दा नाम लेखाउन नपाएको तर्क उनको छ । अनलाइनखबरसँग उनले भने, गरौला गरौला भन्दा भन्दै समय घर्किएछ, आफ्नै कारणले गर्दा मैले भ्याइन ।
नायिका नन्दिता केसीले पनि मतदाता नामाबलीमा नाम लेखाएकी छैनन् । उनले आफूमा जोश र जागर हराएर भन्दा पनि गर्छु गर्छु भन्दा भन्दै ढिलो भएको बताइन् । नाम लेखाउनु पर्ने हो, भोट हाल्नु पर्ने हो तर खै के भयो भयो, नन्दिताले भनिन् ।
निर्वाचन र नेताहरु प्रति विश्वास नलागेर नाम नलेखाएको भन्ने कलाकारको भिडमा नायिका गरिमा पन्त पनि पर्छिन् । उनले भनिन्, पहिलाको जस्तो जोश र जागर नै छैन, एउटा जिम्मेबार नागरिक भएको हिसाबले त लेख्नु पर्ने हो तर किन लेख्नु जस्तो लाग्यो र लेखाइँन ।
भोट हाल्न पाउने कलाकार
नायक राजेश हमालले आइतबारमात्रै जिल्ला प्रशासन कार्यालयमा पुगेर आफ्नो नाम लेखाएका छन् । एउटा सचेत नागरिक भएको हिसाबले आफ्नो दायित्व पूरा गर्न उनले नाम लेखाएको बताए ।
नायिका झरना थापाले केही समय अघि नै टोल टोलमा निर्बाचन आयोगका कर्मचारी आउदा आफूले नाम लेखाएको बताइन् । आफूमा बल्ल बल्ल आएको चुनाव प्रति उत्साहा भएको झरनाको तर्क छ ।
एकिकृत नेकपा माओवादी निकट मानिएका संगीतकार चेतन सापकोटाले एक बर्ष अघि हेटौडा पुग्दा नै आफूले नाम लेखाएको बताए । द्वन्द्व निर्देशकद्धय हिमाल केसी र एन.बी महर्जनले पनि मतदाता नामाबलीमा नाम लेखाइसकेका छन् । यस्तै चलचित्र लेखक मौनता श्रेष्ठले पनि मतदाता नामाबलीनमा नाम लेखाइएसकेको बताए ।
‘मायाज बार’ हिरो गजित बिष्टले पनि ३ महिना अघि नै नाम लेखाएको बताए । जिम्मेबार नागरिक भएपछि त नाम लेखाएर भोट हाल्नु पर्यो नि हैन र, गजितले भने । नायिका केकी अधिकारीले पनि केही महिना अघि आफूले नाम लेखाएको बताइन् । भनिन्, भोट हाले पनि उही हो, नहाले पनि उस्तै हो भने किन नहाल्नु र, यसैले मतदाता नामाबलीमा नाम लेखाए ।
गायक हेमन्त शर्माको बिचार भने केही फरक देखिएको छ । शुक्रबार हतार हतारमा गएर नाम लेखाएको भन्दै उनले भने, भोट हाल्ने नहाल्ने आफ्नो कुरा हो, तर परिचय पत्र लिएर बसेपछि त आफूलाई धेरै कुरामा काम लाग्छ नि हैन र ? उनले परिचत्र पत्र लिएपछि नागरिक जस्तो देखिने तर्क पनि अघि सारे ।
यता संगीतकार बसन्त सापकोटा भने सचेत नागरिक भएको हिसाबले पनि मतदाता नामाबलीमा नाम लेखाउनु पर्ने तर्क अघि सादै आफू अन्तिम दिनमा भएपनि नाम लेखाउन जान लागेको बताउछन् । उनी भन्छन्, मेरो नागरिकता हराएकाले बनाउदा केही समय ढिला भएको हो ।
भर्खरै उदाउँदै गरेकी नायिका अशिष्मा नकर्मीले र्फम लिएर आएको र अन्तिम दिनमा गएर नाम लेखाउने बताइन् । आइतबार र्फम भर्न गएको यति लामो लाइन रै’छ कि, के भन्ने ? यसैले घरमै लिएर आएँ, अब सोमबार गएर भर्छु, अशिष्माले भनिन् ।
छोरीलाई नै श्रीमती बनाएर सन्तान प्राप्ति !
नेपाली समाजमा आफूलाई जन्म दिने बाबुआमालाई भगवान्सरह नै मान्ने गरिन्छ । पितृसत्तात्मक मुलुक नेपालमा बाबुलाई त घरमूली नै भन्ने गरिन्छ । आफ्ना सन्तानको इज्जतको ख्याल गर्नु र गलत बाटोमा हिँड्न नदिनु घरमूलीको नाताले बाबुको बढी नै दायित्व हुन्छ । तर, इटहरी–२ का एक बाबुले भने आफ्ना छोरीहरूको इज्जतको ख्याल गर्नु र उनीहरूलाई गलत बाटोमा हिँड्न नदिनु त कता हो कता, उल्टै उनीहरूको इज्जतमाथि खेलवाड गरेको घटना सार्वजनिक भएको छ ।
जेठी छोरी कविताबाट बच्चासमेत जन्माएका
सौगातले आफूहरूलाई बलात्कार गर्न खोजेको भन्दै साइँली छोरी प्रीति, काइँली
लक्ष्मी र अन्तरी पार्वतीले इलाका प्रहरी कार्यालय इटहरीमा बाबुविरुद्ध
किटानी जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो । जेठी छोरीबाट जन्मेको बच्चा
६ वर्षको हुँदासमेत चुपचाप सहँदै आएका तीन छोरीहरूमाथि नै बलात्कार गर्न
खोजेपछि उनीहरू सोमबार भागेर प्रहरी कार्यालय पुगेका थिए । उनीहरूको कुरा
सुनेर प्रहरीहरू नै आश्चर्यचकित बनेका थिए । छोरीहरूको उजुरी र बयानलगत्तै
प्रहरीले सौगातलाई पक्राउ गरेको छ । उनलाई हिरासतमा राखी प्रहरीले
अनुसन्धान गरिरहेको छ । इलाका प्रहरी कार्यालय इटहरीका नायब निरीक्षक (सई)
गोविन्द खवासले अभियुक्त सैगातलाई म्याद थप गरी अनुसन्धान अघि बढाइएको
बताए ।
उजुरी दिन आएका छोरीहरूसँग प्रहरीले एक्लाएक्लै सोधपुछ गरेको थियो । सबैको एउटै बयान आएपछि प्रहरीले सौगातलाई पक्राउ गरेको राजधानी
दैनिकमा खबर छ । उनीहरूले इज्जतको डरले लामो समयदेखि वास्तविकतालाई
लुकाउनुपरेको बयान दिएका थिए । त्यसो त ६ वर्षीय छोरालाई लिएर स्थानीयले
पनि सौगातमाथि प्रश्न नउठाएका होइनन् । उनले र छोरीहरूले समेत सो बच्चालाई
भेटेर ल्याएको भन्दै समाजलाई ढाँट्दै आएका थिए । तर, अन्य छोरीहरू पनि
असुरक्षित बनेपछि उनीहरूले घटनाको वास्तविकता खुलासा गरेका हुन् । छोरीलाई
श्रीमती बनाएको आफ्नै अन्य छोरीहरूले खुलासा गरेपछि प्रहरीले दुवैको
स्वास्थ्य परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान
प्रतिष्ठानमा पठाएको छ ।
घरमा बस्न असुरक्षित भएको बताएका तीन
छोरीलाई भने इनरुवास्थित महिला विकास कार्यालयको सेवा केन्द्रमा राखिएको
छ । सौगातका ६ छोरीमध्ये साइँली प्रीति १०, काइली र अन्तरी क्रमशः लक्ष्मी र
पार्वती सोही ठाउँमा रहेको महेन्द्र उच्च माध्यमिक विद्यालयमा ७ कक्षामा
पढ्दै आएका छन् । ‘तिमीहरूले पढेर काम छैन, घरको कुरा बाहिर लगेको भनेर
जेठा छोरा नवीनले कुटपिट गर्न थालेपछि बाध्य भएर घरबाट भागेको साइँली
प्रीतिले आफूलाई भनेको विद्यालयका प्राचार्य धर्म भट्टराईले बताए । घटना
बाहिर आएलगत्तै स्थानीय महिला अधिकारकर्मीहरू सौगातको परिवारविरुद्ध
उत्रिएका छन् । महिला अधिकारकर्मी रुम्मिणी कोइरालाले समाजमा यस्तो जघन्य
अपराध गर्नेलाई समाजबाटै बहिष्कार गरी कडा कारबाही गरिनुपर्ने माग राखिन् ।
उनले सैगातलाई कारबाही गर्न सुनसरी
जिल्लामा क्रियाशील सबै महिला अधिकारवादी संस्थाहरू एक भएर हस्ताक्षर
अभियानको समेत थालनी गर्न लागेको बताइन् । यस्तै, छिमेकी राधा नेपालले
बच्चा जन्मिएदेखि नै आफूले सौगात परिवारको गतिविधिलाई नजिकबाट नियालेको
दाबी गर्दै उनकै सन्तान भएको दाबी गरिन् । उनले सैगातमाथि कानुनी कारबाही
नभए सामाजिक रूपमा कडा कारबाही गर्ने चेतावनी दिइन् । यता, आरोपित सौगातले
भने छोरीसँग माया गाँसेका केटाले छाडेर गएपछि बच्चा जन्मिएको दाबी गरेका
छन् । उनले सो कुरा बाहिर आए आफूहरूको बदनाम हुने डरले लुकाउँदै आएको
दाबीसमेत गरेका छन् । जेठी छोरी कविताले पनि आफ्नो प्रेमीको बच्चा भएको र
प्रेमी भागे पनि आफूले छोरालाई जन्म दिएको बताएकी छन् । उनले इज्जत जाने
डरले अहिलेसम्म सही कुरा लुकाएर समाजलाई गलत कुरा गर्दै आएको बताइन् ।
‘हामीलाई घरखेत चाहिँदैन, जंगलमै बस्न देऊ’ कविलाबाट कृषियुगमा फर्कन राउटेद्वारा अस्वीकार
सानो मुलुक भएर पनि नेपाल सामाजिक सभ्यतामा निकै ठूलो असमानता र विविधतामा छ । आफूलाई उत्तरआधुनिक भन्न रुचाउने नयाँ पुस्ताका मान्छे पनि नेपाल, अमेरिका र युरोपसम्म देख्न पाइन्छ, अर्कातिर सामाजिक विकासक्रममा कदम पछाडि परेका जनजाति पनि देख्न पाइन्छ । र, एक्काइशौं शताब्दीमा आइसक्दा पनि कृषि र पशुपालन युगमासम्म प्रवेश नगरेका कविला युगका राउटे जातिहरु पनि प्रत्यक्षरुपमै भेट्न पाइन्छ नेपाली समाजमा ।
मानव विकासको यो पुस्ताअन्तर कति विचित्रको छ भन्ने थप प्रमाण शुक्रबार नेपालगञ्जको रमझममा भेटिएका राउटेहरुले थप प्रष्ट पारेका छन् । उनीहरुलाई न शहरको महल चाहिएको छ, न सभ्यजाति भनाउँदा मान्छेले जसरी एक चोक्टो घडेरीका लागि मारामार गर्ने पक्षमा नै छन् उनीहरु ।
आफूलाई सभ्य भन्ने मान्छेहरु शहरमा पद र प्रतिष्ठाका लागि कोकोहोलो झगडा गरिरहेका छन् । कोही भ्रष्टाचार गरेर अकूत सम्पत्ति कमाइरहेका छन्, बलात्कार, महिला हिंसा र अपराधका घटना दिनहुँ सुनिन्छ सभ्य भनाउँदाहरुको वस्तीमा । तर, समाज विकासको सबैभन्दा पछिल्लो पाइलो चालिरहेका राउटेहरुलाई भने यो रंङ्गीचंङ्गी शहर, बजार र भौतिक सुविधाभन्दा आफ्नै जंगल, आफ्नै प्रकृति अनि आफ्नै जीवनशैली प्यारो छ । यी राउटेहरु यतिबेला सुर्खेतको रझेना क्षेत्रको बनमा २ सय ४२ परिवार बस्दै आएका छन् । शुक्रबार नेपालगञ्जमा भेटिएका उनीहरुका अधिकांश बालबालिका खोपबाट बञ्चित छन् । जंगलमै बस्ने भएकाले उनीहरु विद्यालय जाने त कुरै भएन ।
परापूर्वकालमा मानिसहरु जंगली अवस्थाबाट कृषिमा प्रवेश गरेको इतिहासमा पढ्न पाइन्छ । तर, जंगली जनावरको सिकार गर्ने अनि कन्दमुल खोज्दै जीउने कविला अवस्थाका राउटेहरु अहिले पनि आफूहरु खेती गर्नर् नसक्ने बताउँदै भन्छन् -’हामीलाई जंगलमै रम्न देऊ ।’
अर्थमन्त्रालय अन्तगर्तको युवा तथा स्वरोजगार कोषले लोपोन्मुख राउटे समुदायलाई अन्य लोपोन्मुख जातिसँगै अन्तरक्रिया गर्ने वातावरण मिलाउन शुक्रबार आयोजना गरेको अन्तरजिल्ला भ्रमणका अवसरमा नेपालगन्ज आइपुगेका राउटेहरुले आफूहरु खेती किसानी नगर्ने बताएका हुन् ।
‘नेपालगन्जको बजार राम्रो भए पनि हाम्रा लागि जङ्गलै प्यारो छ,’- मध्यपश्चिमका विभिन्न जिल्लामा जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका सहायक मुखिया शिवराज शाहीले भन्नुभयो- सरकारले हामीलाई समयमै भत्ता, राशन पानी दिनुपर्छ, हामी जङ्गलमै रमाएका छौं ।’
राउटे समुदायले फिरन्ते जीवन बिताउने, जंगली जनावर, कन्दमूल खाने र जंगलका काठबाट विभिन्न सामाग्रीहरु बनाई नजिकको गाउँमा लगेर अनाजसंग साट्ने गर्छन् । आफुहरु बसाइँ सरेको जिल्लामा सरकारले दिने सामाजिक सुरक्षा भत्ता दिए पुग्ने बताउँदै राउटे समुदायका सहायक मुखिया शिवराज भन्नुहुन्छ- ‘हामी जहाँ जान्छौं त्यही जिल्लाले हामीलाई भत्ता दिनुपर्छ । हामी खेती गर्दैनौं । ‘कोशी, मुदुस बनाउनका लागि काठ काट्न जंगलमा हामीलाई कुनै बाधा हुनुभएन ।’
नेपालगन्ज, काठमाडौंलगायतका शहरमा सित्तैमा घर दियो भने बस्नुहुन्छ भनी सोधिएको प्रश्नमा अधिकांश राउटेले घर दिए पनि जङ्गल छोड्न नसक्ने बताए । ‘एउटै ठाउँमा घर बनाएर बस्न मन लाग्दैन,- राउटेहरुले भने-’जङ्गलमा घुम्दै फिर्दै बाँच्नै रमाइलो लाग्छ ।’ शहर बजारका ठूला दरबारभन्दा आफुहरुलाई जङ्गलकै बसाइ प्यारो लाग्ने सहायक मुखिया शाहीले बताउनुभयो ।
राउटेहरुको १६ जनाको टोली चितवनका चेपाङ, दाङका कुसुण्डा र बाँकेका कुचबधियासँग भेटेर नेपालगन्जबाट शुक्रबार आफ्नो बासस्थान सुर्खेतको जहरेतर्फ लागेका छन् । चितवन र दाङ पुगेर र्फकने क्रममा नेपालगञ्जमा भएको अन्तरक्रियामा राउटे समुदायका अगुवा शाहीले जङ्गलमै काठका विभिन्न सामान बनाउँदा आनन्द लाग्ने बताउनुभयो ।
राउटे समुदायका दीपक शाहीले नेपालगन्जको बजार राम्रो भए पनि आफुहरुका लागि बजार भन्दा जङ्गल धेरै राम्रो भएको बताउनुभयो । ‘यहाँको बजार हेर्दा राम्रै छ,’-शाहीले भन्नुभयो,-’यहाँ नेपालगन्ज हेर्दा यहीँ रमाइलो, जङ्गल जाँदा त्यहीँ रमाइलो ।’ केहीले राउटेले भने गाडीमा सुर्खेतबाट चितवन पुगेर र्फकंदा आफूहरुलाई अफ्ठेरो भएको तर बजार भने रमाइलो लागेको बताए ।
अन्तरक्रियाका अवसरमा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले राउटे समुदायले रोजगारीका लागि आग्रह गरे उनीहरुलाई प्राथामिकतामा राख्ने बताउनुभयो । त्यस्तै स्वरोजगार कोषका अनुगमन अधिकृत लक्ष्मी बुथाथोकीले राउटेहरुलाई समाजमा स्थायी बसोबासको पहल गर्न उनीहरुलाई अन्य लोपोउन्मुख समुदायसंग भेटघाट गराएको बताउनुभयो । तर, राउटेहरुले भने आफूहरुलाई कविला अवस्था नै प्यारो लाग्ने र त्यसमा बाधा नगर्न उनीहरुले ‘सभ्य’ भनाउँदो समाज र राज्यसँग आग्रह गरेका छन् । र, यो राउटे जातिको अधिकार पनि हो साथै नेपाली समाजको अजबको सौन्दर्य पनि l source - onlinekhabar.com
Subscribe to:
Comments (Atom)
Sponsors :
Best Google Covers
|
Desktop Wallpaperslk
|
PSD Graphics
Copyright © 2012. छेलाम (Chhelam) - All Rights Reserved
Copyright © 2012. छेलाम (Chhelam) - All Rights Reserved




