नेपाली समाजमा आफूलाई जन्म दिने बाबुआमालाई भगवान्सरह नै मान्ने गरिन्छ । पितृसत्तात्मक मुलुक नेपालमा बाबुलाई त घरमूली नै भन्ने गरिन्छ । आफ्ना सन्तानको इज्जतको ख्याल गर्नु र गलत बाटोमा हिँड्न नदिनु घरमूलीको नाताले बाबुको बढी नै दायित्व हुन्छ । तर, इटहरी–२ का एक बाबुले भने आफ्ना छोरीहरूको इज्जतको ख्याल गर्नु र उनीहरूलाई गलत बाटोमा हिँड्न नदिनु त कता हो कता, उल्टै उनीहरूको इज्जतमाथि खेलवाड गरेको घटना सार्वजनिक भएको छ ।
जेठी छोरी कविताबाट बच्चासमेत जन्माएका
सौगातले आफूहरूलाई बलात्कार गर्न खोजेको भन्दै साइँली छोरी प्रीति, काइँली
लक्ष्मी र अन्तरी पार्वतीले इलाका प्रहरी कार्यालय इटहरीमा बाबुविरुद्ध
किटानी जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो । जेठी छोरीबाट जन्मेको बच्चा
६ वर्षको हुँदासमेत चुपचाप सहँदै आएका तीन छोरीहरूमाथि नै बलात्कार गर्न
खोजेपछि उनीहरू सोमबार भागेर प्रहरी कार्यालय पुगेका थिए । उनीहरूको कुरा
सुनेर प्रहरीहरू नै आश्चर्यचकित बनेका थिए । छोरीहरूको उजुरी र बयानलगत्तै
प्रहरीले सौगातलाई पक्राउ गरेको छ । उनलाई हिरासतमा राखी प्रहरीले
अनुसन्धान गरिरहेको छ । इलाका प्रहरी कार्यालय इटहरीका नायब निरीक्षक (सई)
गोविन्द खवासले अभियुक्त सैगातलाई म्याद थप गरी अनुसन्धान अघि बढाइएको
बताए ।
उजुरी दिन आएका छोरीहरूसँग प्रहरीले एक्लाएक्लै सोधपुछ गरेको थियो । सबैको एउटै बयान आएपछि प्रहरीले सौगातलाई पक्राउ गरेको राजधानी
दैनिकमा खबर छ । उनीहरूले इज्जतको डरले लामो समयदेखि वास्तविकतालाई
लुकाउनुपरेको बयान दिएका थिए । त्यसो त ६ वर्षीय छोरालाई लिएर स्थानीयले
पनि सौगातमाथि प्रश्न नउठाएका होइनन् । उनले र छोरीहरूले समेत सो बच्चालाई
भेटेर ल्याएको भन्दै समाजलाई ढाँट्दै आएका थिए । तर, अन्य छोरीहरू पनि
असुरक्षित बनेपछि उनीहरूले घटनाको वास्तविकता खुलासा गरेका हुन् । छोरीलाई
श्रीमती बनाएको आफ्नै अन्य छोरीहरूले खुलासा गरेपछि प्रहरीले दुवैको
स्वास्थ्य परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान
प्रतिष्ठानमा पठाएको छ ।
घरमा बस्न असुरक्षित भएको बताएका तीन
छोरीलाई भने इनरुवास्थित महिला विकास कार्यालयको सेवा केन्द्रमा राखिएको
छ । सौगातका ६ छोरीमध्ये साइँली प्रीति १०, काइली र अन्तरी क्रमशः लक्ष्मी र
पार्वती सोही ठाउँमा रहेको महेन्द्र उच्च माध्यमिक विद्यालयमा ७ कक्षामा
पढ्दै आएका छन् । ‘तिमीहरूले पढेर काम छैन, घरको कुरा बाहिर लगेको भनेर
जेठा छोरा नवीनले कुटपिट गर्न थालेपछि बाध्य भएर घरबाट भागेको साइँली
प्रीतिले आफूलाई भनेको विद्यालयका प्राचार्य धर्म भट्टराईले बताए । घटना
बाहिर आएलगत्तै स्थानीय महिला अधिकारकर्मीहरू सौगातको परिवारविरुद्ध
उत्रिएका छन् । महिला अधिकारकर्मी रुम्मिणी कोइरालाले समाजमा यस्तो जघन्य
अपराध गर्नेलाई समाजबाटै बहिष्कार गरी कडा कारबाही गरिनुपर्ने माग राखिन् ।
उनले सैगातलाई कारबाही गर्न सुनसरी
जिल्लामा क्रियाशील सबै महिला अधिकारवादी संस्थाहरू एक भएर हस्ताक्षर
अभियानको समेत थालनी गर्न लागेको बताइन् । यस्तै, छिमेकी राधा नेपालले
बच्चा जन्मिएदेखि नै आफूले सौगात परिवारको गतिविधिलाई नजिकबाट नियालेको
दाबी गर्दै उनकै सन्तान भएको दाबी गरिन् । उनले सैगातमाथि कानुनी कारबाही
नभए सामाजिक रूपमा कडा कारबाही गर्ने चेतावनी दिइन् । यता, आरोपित सौगातले
भने छोरीसँग माया गाँसेका केटाले छाडेर गएपछि बच्चा जन्मिएको दाबी गरेका
छन् । उनले सो कुरा बाहिर आए आफूहरूको बदनाम हुने डरले लुकाउँदै आएको
दाबीसमेत गरेका छन् । जेठी छोरी कविताले पनि आफ्नो प्रेमीको बच्चा भएको र
प्रेमी भागे पनि आफूले छोरालाई जन्म दिएको बताएकी छन् । उनले इज्जत जाने
डरले अहिलेसम्म सही कुरा लुकाएर समाजलाई गलत कुरा गर्दै आएको बताइन् ।
No comments:
Post a Comment