कुलुङ भाषाको कार्यक्रम छेलाम् डाउनलोड गरेर सुन्नुहोला । 070-09-13
Monday, December 30, 2013
Saturday, December 14, 2013
कुलुङ भाषाको कार्यक्रम छेलाम् डाउनलोड गरेर सुन्नुहोला । 070-08-29
कुलुङ भाषाको कार्यक्रम छेलाम् डाउनलोड गरेर सुन्नुहोला । 070-08-29
Tuesday, December 10, 2013
Pragram 'Bisauni'_Jalladko Man(Novel) Part 3
Pragram 'Bisauni'_Jalladko Man(Novel) Part 2
Program : Bisauni
Host : Man Kumar Subba
FM : Guransh FM Time : 9-10 Pm
Day : Sunday, Thursday(repeat)
Online : www.emakaluonline.com
Con. no. 029560960
Program : Bisauni
Host : Man Kumar Subba
FM : Guransh FM Time : 9-10 Pm
Day : Sunday, Thursday(repeat)
Online : www.emakaluonline.com
Con. no. 029560960
Monday, December 9, 2013
Pragram 'Bisauni'_Jalladko Man(Novel) Part 2
Pragram 'Bisauni'_Jalladko Man(Novel) Part 2
Program : Bisauni
Host : Man Kumar Subba
FM : Guransh FM Time : 9-10 Pm
Day : Sunday, Thursday(repeat)
Online : www.emakaluonline.com
Con. no. 029560960
Program : Bisauni
Host : Man Kumar Subba
FM : Guransh FM Time : 9-10 Pm
Day : Sunday, Thursday(repeat)
Online : www.emakaluonline.com
Con. no. 029560960
Pragram 'Bisauni'_Jalladko Man(Novel) Part 1
Program : Bisauni
Host : Man Kumar Subba
FM : Guransh FM Time : 9-10 Pm
Day : Sunday, Thursday(repeat)
Online : www.emakaluonline.com
Con. no. 029560960
Host : Man Kumar Subba
FM : Guransh FM Time : 9-10 Pm
Day : Sunday, Thursday(repeat)
Online : www.emakaluonline.com
Con. no. 029560960
Saturday, December 7, 2013
कुलुङ भाषाको कार्यक्रम छेलाम् डाउनलोड गरेर सुन्नुहोला । 070-08-22
Saturday, November 30, 2013
कुलुङ भाषाको कार्यक्रम छेलाम् डाउनलोड गरेर सुन्नुहोला । 070-08-15
Saturday, November 23, 2013
कुलुङ भाषाको कार्यक्रम छेलाम् डाउनलोड गरेर सुन्नुहोला । 070-08-08
कुलुङ भाषाको कार्यक्रम छेलाम् डाउनलोड गरेर सुन्नुहोला ।
Saturday, November 16, 2013
कुलुङ भाषाको कार्यक्रम छेलाम् डाउनलोड गरेर सुन्नुहोला । 070-08-01
कुलुङ भाषाको कार्यक्रम छेलाम् डाउनलोड गरेर सुन्नुहोला ।
Saturday, November 2, 2013
कुलुङ भाषाको कार्यक्रम कुलु छेलाम 7-16 Download & Listen
Sunday, October 27, 2013
कुलुङ भाषाको कार्यक्रम - छेलाम Download and Listen 070-7-9
Friday, September 27, 2013
Sunday, September 15, 2013
Wednesday, September 11, 2013
गत कार्यक्रम बिसाउनी सुन्नस है ...........................
गत कार्यक्रम बिसाउनी सुन्नस है ...........................
Sunday, September 8, 2013
कार्यक्रम - स्मृतिका पानाहरु 070-5-21, Download and Listen
Monday, September 2, 2013
Sunday, September 1, 2013
कार्यक्रम - स्मृतिका पानाहरु 070-5-14, Download and Listen
Monday, August 26, 2013
Tuesday, August 20, 2013
Sunday, August 18, 2013
Monday, August 12, 2013
कार्यक्रम - बिसाउनी 070-4-24, Download and Listen
Program - Bishauni
Host - Dhyan Kulung
Radio - Guransh Fm 107.5 MHz
Time - Every Thursday 9-10 pm
Online - www.emakaluonline.com
Facebook - https://www.facebook.com/pages/%E0%A4%AC%E0%A4%BF%E0%A4%B8%E0%A4%BE%E0%A4%89%E0%A4%A8%E0%A5%80/402583779852914?ref=hl
Host - Dhyan Kulung
Radio - Guransh Fm 107.5 MHz
Time - Every Thursday 9-10 pm
Online - www.emakaluonline.com
Facebook - https://www.facebook.com/pages/%E0%A4%AC%E0%A4%BF%E0%A4%B8%E0%A4%BE%E0%A4%89%E0%A4%A8%E0%A5%80/402583779852914?ref=hl
Saturday, August 10, 2013
कार्यक्रम - स्मृतिका पानाहरु 070-4-26, Download and Listen
Monday, July 29, 2013
कार्यक्रम - स्मृतिका पानाहरु 070-4-11, Listen and Download
Friday, July 26, 2013
Sunday, July 21, 2013
कार्यक्रम - स्मृतिका पानाहरु 070-4-4, Listen and Download
Saturday, July 20, 2013
गायक गायिका उदय सोताङ, र गायिका मनिला सोताङलाई सम्मान गरिने
कुलुङ संघले आगामी साउन २६ गते काठ्माण्डौमा एक कार्यक्रमको आयोजना गरि बिभिन्न ब्यक्तिहरुलाई सम्मान गर्ने भएको छ । सो कार्यक्रममा गत शैक्षिक बर्षको एस एल सि परिक्षा दिने बिद्यार्थीहरु मध्ये १ छात्र र १ छात्रा लाई छात्रबृत्ति बितरण गर्नेछ । सो कार्यक्रममा गायक उदय सोताङ, गायिका मनिला सोताङ, कुलुङ लेखक भुपुध्वज थोम्रोस, अन्तराष्ट्रि म्याराथन प्रथम धावक सुदिप कुलुङ, दोश्रो डिबि कुलुङ, कुलुङ जातिको पहिलो सगरमाथाको सफल आरोहि धनकुबिर कुलुङ, कुलुङ भाषाको पहिलो चलचित्र तेल्पोसको निर्माण टिम लगायतका थुप्रै ब्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
Wednesday, July 17, 2013
Tuesday, July 16, 2013
इजरायल बस्दा घर सम्झेर धेरै रोएँ
ज्योती राई,
/ मेरो जन्मथलो इलामको पशुपति नगर ८ मा छ । म अहिले काठमाडौंको नैकापमा बस्दै आएको छु । मलाई पैसाको खाँचो पनि थियो र केटीहरुलाई राम्रो सुविधा छ भन्ने सुनेर म पनि विदेश जान तयार भएँ ।
म सुरुमा इजरायल गएको हुँ । कमाई पनि राम्रो छ, युरोप जस्तै सुविधाहरु पाइन्छ भन्ने सुनेर मलाई पनि जाउँ जाउँ लाग्यो ।
इजरायलमा अरु देशमा भन्दा पैसा पनि राम्रो कमाइ हुने र सुरक्षा पनि हुने भन्ने थाहा भएपछि मलाई जान मन लाग्यो । मेरो दाइले मलाई नजाउ पछि एकै पटक १२ कक्षाको परीक्षा दिएर क्यानडा तिर ट्राइ गर भन्नु भएको थियो तर हामी चार पाँच जना मिलेर ग्रुपमै ट्राइ गरेका हौं ।
म रिसायँ, घरमा राम्रोसँग बोलिन अनि दाइले पनि हुन्छ भन्नुभयो । पैसा ४/५ लाख रुपैयाँ तयार गर्नुपर्थ्यो । अनि भाषाहरु अलि अलि सिक्नुपथ्र्यो । त्यसमा त्यती गारो भएन ।
सुरुमा त भाषाले अलि अलि समस्या पार्थ्यो । इंग्लिस त्यति नआउने । अरु देशबाट पनि आएकालाई इंग्लिस नआउने भएकाले हामीले हिब्रु जान्नैपथ्र्यो । सुरुमा त गारो थियो ।
सुरु सुरुमा त घरको निकै याद आउँथ्यो । रुन्थें पनि । उमेर पनि सानै थिएँ । आफन्त पनि कोही थिएन । सुख दुःख पोख्ने पनि कोही थिएन ।
सुरुमा त भाषाकै समस्या भयो । पछि खानाकै समस्या भयो । एक गिलास चामलको भात पकाएर एक हप्तासम्म फ्रिजमा खानुपर्ने । यहाँको भन्दा खानेकुरा निकै समस्या थियो । कतिकुरा नबुझ्ने भएकाले थप समस्या पर्थ्यो । छुट्टिमा आएपछि कहाँ जाने भन्ने कुरा भाषाले गर्दा नै समस्या हुन्थ्यो ।
सबैभन्दा पहिला मान्छेमा म जहाँ पनि एड्जस्ट हुन सक्छु भनेर कन्फिडेन्ट हुनुपर्छ । जुन देश जाने हो त्यही देशको बारेमा जानकारीहरु लिने, हावा पानी कस्तो छ त्यसको जानकारी लिनुपर्छ ।
अहिले त सजिलै सबै देशको जानकारी पाइन्छ । तयारी गरेर विदेश जाँदा नै राम्रो हुन्छ । आफू जुन देश जाने हो त्यसको भाषा चैं राम्रोसँग जानियो भने राम्रो हुन्छ ।
सुरुमा ६ सय डलर दिएको थियो । पछि काम पनि राम्रो भयो र तलव पनि १ हजार डलर कमाउँथे । म चार वर्ष र ८/९ महिना बसेँ । म बिचमा छुट्टीमा आउन खोजेँ तर मिलेन । त्यहाँबाट अन्तै ट्राइ गर्न पनि खोजेको थिएँ । मैले अमेरिकाको लागी ट्राइ गरेर अन्र्तवार्ता पनि दिएको थिएँ । तर परिवारले सानैमा विदेश गएको, उता गएपछि कहिले भेट हुनेहो एक पटक नेपाल आइज भनेपछि म आएँ ।
लामो समयपछि आउँदा खुसी लाग्यो । नेपालको बाटो हेर्दा दुःख पनि लाग्दो रहेछ । उनीहरुको देश र हाम्रो देशमा निकै फरक लाग्यो । तर म ५ वर्ष विदेश बसेर आउँदा पनि हाम्रो यहाँ त्यति धेरै फरक लागेन ।
विदेश जानु भन्दा पहिले भाषा सिक्नुपर्छ । त्यहाँको रहन सहन बारेमा पनि जानकारी लिनुपर्छ । कन्फिडेन्ट नभएका मान्छेहरु सकेसम्म नजाँदा नै राम्रो हुन्छ । आफूलाई विदेश पठाउने एजेन्टको बारेमा पनि जानकारी लिइ राख्नुपर्छ ।
/ मेरो जन्मथलो इलामको पशुपति नगर ८ मा छ । म अहिले काठमाडौंको नैकापमा बस्दै आएको छु । मलाई पैसाको खाँचो पनि थियो र केटीहरुलाई राम्रो सुविधा छ भन्ने सुनेर म पनि विदेश जान तयार भएँ ।
म सुरुमा इजरायल गएको हुँ । कमाई पनि राम्रो छ, युरोप जस्तै सुविधाहरु पाइन्छ भन्ने सुनेर मलाई पनि जाउँ जाउँ लाग्यो ।
इजरायलमा अरु देशमा भन्दा पैसा पनि राम्रो कमाइ हुने र सुरक्षा पनि हुने भन्ने थाहा भएपछि मलाई जान मन लाग्यो । मेरो दाइले मलाई नजाउ पछि एकै पटक १२ कक्षाको परीक्षा दिएर क्यानडा तिर ट्राइ गर भन्नु भएको थियो तर हामी चार पाँच जना मिलेर ग्रुपमै ट्राइ गरेका हौं ।
म रिसायँ, घरमा राम्रोसँग बोलिन अनि दाइले पनि हुन्छ भन्नुभयो । पैसा ४/५ लाख रुपैयाँ तयार गर्नुपर्थ्यो । अनि भाषाहरु अलि अलि सिक्नुपथ्र्यो । त्यसमा त्यती गारो भएन ।
सुरुमा त भाषाले अलि अलि समस्या पार्थ्यो । इंग्लिस त्यति नआउने । अरु देशबाट पनि आएकालाई इंग्लिस नआउने भएकाले हामीले हिब्रु जान्नैपथ्र्यो । सुरुमा त गारो थियो ।
सुरु सुरुमा त घरको निकै याद आउँथ्यो । रुन्थें पनि । उमेर पनि सानै थिएँ । आफन्त पनि कोही थिएन । सुख दुःख पोख्ने पनि कोही थिएन ।
सुरुमा त भाषाकै समस्या भयो । पछि खानाकै समस्या भयो । एक गिलास चामलको भात पकाएर एक हप्तासम्म फ्रिजमा खानुपर्ने । यहाँको भन्दा खानेकुरा निकै समस्या थियो । कतिकुरा नबुझ्ने भएकाले थप समस्या पर्थ्यो । छुट्टिमा आएपछि कहाँ जाने भन्ने कुरा भाषाले गर्दा नै समस्या हुन्थ्यो ।
सबैभन्दा पहिला मान्छेमा म जहाँ पनि एड्जस्ट हुन सक्छु भनेर कन्फिडेन्ट हुनुपर्छ । जुन देश जाने हो त्यही देशको बारेमा जानकारीहरु लिने, हावा पानी कस्तो छ त्यसको जानकारी लिनुपर्छ ।
अहिले त सजिलै सबै देशको जानकारी पाइन्छ । तयारी गरेर विदेश जाँदा नै राम्रो हुन्छ । आफू जुन देश जाने हो त्यसको भाषा चैं राम्रोसँग जानियो भने राम्रो हुन्छ ।
सुरुमा ६ सय डलर दिएको थियो । पछि काम पनि राम्रो भयो र तलव पनि १ हजार डलर कमाउँथे । म चार वर्ष र ८/९ महिना बसेँ । म बिचमा छुट्टीमा आउन खोजेँ तर मिलेन । त्यहाँबाट अन्तै ट्राइ गर्न पनि खोजेको थिएँ । मैले अमेरिकाको लागी ट्राइ गरेर अन्र्तवार्ता पनि दिएको थिएँ । तर परिवारले सानैमा विदेश गएको, उता गएपछि कहिले भेट हुनेहो एक पटक नेपाल आइज भनेपछि म आएँ ।
लामो समयपछि आउँदा खुसी लाग्यो । नेपालको बाटो हेर्दा दुःख पनि लाग्दो रहेछ । उनीहरुको देश र हाम्रो देशमा निकै फरक लाग्यो । तर म ५ वर्ष विदेश बसेर आउँदा पनि हाम्रो यहाँ त्यति धेरै फरक लागेन ।
विदेश जानु भन्दा पहिले भाषा सिक्नुपर्छ । त्यहाँको रहन सहन बारेमा पनि जानकारी लिनुपर्छ । कन्फिडेन्ट नभएका मान्छेहरु सकेसम्म नजाँदा नै राम्रो हुन्छ । आफूलाई विदेश पठाउने एजेन्टको बारेमा पनि जानकारी लिइ राख्नुपर्छ ।
Monday, July 15, 2013
स्मृतिका पानाहरुको प्रोमो
कार्यक्रम स्मृतिका पानाहरु
हरेक शुक्रबार राती ९ बजे देखि १० बजे सम्म
गुराँस एफ एम १०७.५ मेगाहर्जमा
प्रस्तोता अञ्जना राईको साथमा
www.emakaluonline.com
हरेक शुक्रबार राती ९ बजे देखि १० बजे सम्म
गुराँस एफ एम १०७.५ मेगाहर्जमा
प्रस्तोता अञ्जना राईको साथमा
www.emakaluonline.com
मतदाता नामाबलीमा जाँगर देखाएनन् कलाकारले, मतदान गर्नेबारे मिश्रित प्रतिक्रिया
अहिलेसम्म मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले बाहेक संविधानसभाको चुनाव बहिस्कार गर्ने कसैले भनेका छैनन् । तर, केही सिने कलाकारहरु चाँहि व्यक्तिगतरुपमा आगामी चुनावमा मतदान नगर्ने बताएका छन् । निर्वाचनको मिति घोषणासँगै मतदाता नामावलीमा नाम लेखाउने प्रक्रियालाई तिब्रता दिएको निर्वाचन आयोगले असार ३१ सम्म मतदाता नामाबलीमा नाम लेखाउन आह्वान गरेको छ । मतदाता सूचिमा नाम लेखाउनेहरुको भिडमा नेपाली सिनेमा तथा सांगीतिक क्षेत्रका कलाकारहरु आधाउधी देखिएका छन् । तर, आयोगले आह्वान गरेको समय तालिकाभित्र केही कलाकारले भने अरुची प्रकट गर्दै नाम लेखाएनन् ।
चपलीहाइट गर्ल नायिका बिनिता बराल यो बर्ष आफूलाई नाम लेखाउन कुनै जाँगर नचलेको बताउछिन् । उनी भन्छिन्, ‘भोट हालेर के हुन्छ ? नेताहरुले देश कहिल्यै बनाउने होइनन् । मलाई त नाम लेखाउन जाँगर नै आएन । एउटा सचेत नागरिक भएको नाताले नाम त लेखाउनु पर्ने हो, तर किन किन मलाई जाँगर चलेन ।’
विनितालाई जस्तै निर्माता छविराज ओझा पनि मतदाता सूचीमा नाम लेखाउने प्रक्रिया अव्यवस्थित भएकाले जाँगर नचलेको बताउँछन् । उनले भने, ‘निर्वाचन आयोग अगाडि त्यति धेरै भिड छ, जनतालाई नाम लेखाउनका लागि सुविधा दिनुपर्यो नि ।’
अहिलेका व्यस्त कलाकार दयाहाङ राइले पनि मतदाता नामाबलीमा नाम लेखाएका छैनन् । अरुलाई दोष दिनु भन्दा पनि आफ्नै हेलचक्राइले गर्दा नाम लेखाउन नपाएको तर्क उनको छ । अनलाइनखबरसँग उनले भने, गरौला गरौला भन्दा भन्दै समय घर्किएछ, आफ्नै कारणले गर्दा मैले भ्याइन ।
नायिका नन्दिता केसीले पनि मतदाता नामाबलीमा नाम लेखाएकी छैनन् । उनले आफूमा जोश र जागर हराएर भन्दा पनि गर्छु गर्छु भन्दा भन्दै ढिलो भएको बताइन् । नाम लेखाउनु पर्ने हो, भोट हाल्नु पर्ने हो तर खै के भयो भयो, नन्दिताले भनिन् ।
निर्वाचन र नेताहरु प्रति विश्वास नलागेर नाम नलेखाएको भन्ने कलाकारको भिडमा नायिका गरिमा पन्त पनि पर्छिन् । उनले भनिन्, पहिलाको जस्तो जोश र जागर नै छैन, एउटा जिम्मेबार नागरिक भएको हिसाबले त लेख्नु पर्ने हो तर किन लेख्नु जस्तो लाग्यो र लेखाइँन ।
भोट हाल्न पाउने कलाकार
नायक राजेश हमालले आइतबारमात्रै जिल्ला प्रशासन कार्यालयमा पुगेर आफ्नो नाम लेखाएका छन् । एउटा सचेत नागरिक भएको हिसाबले आफ्नो दायित्व पूरा गर्न उनले नाम लेखाएको बताए ।
नायिका झरना थापाले केही समय अघि नै टोल टोलमा निर्बाचन आयोगका कर्मचारी आउदा आफूले नाम लेखाएको बताइन् । आफूमा बल्ल बल्ल आएको चुनाव प्रति उत्साहा भएको झरनाको तर्क छ ।
एकिकृत नेकपा माओवादी निकट मानिएका संगीतकार चेतन सापकोटाले एक बर्ष अघि हेटौडा पुग्दा नै आफूले नाम लेखाएको बताए । द्वन्द्व निर्देशकद्धय हिमाल केसी र एन.बी महर्जनले पनि मतदाता नामाबलीमा नाम लेखाइसकेका छन् । यस्तै चलचित्र लेखक मौनता श्रेष्ठले पनि मतदाता नामाबलीनमा नाम लेखाइएसकेको बताए ।
‘मायाज बार’ हिरो गजित बिष्टले पनि ३ महिना अघि नै नाम लेखाएको बताए । जिम्मेबार नागरिक भएपछि त नाम लेखाएर भोट हाल्नु पर्यो नि हैन र, गजितले भने । नायिका केकी अधिकारीले पनि केही महिना अघि आफूले नाम लेखाएको बताइन् । भनिन्, भोट हाले पनि उही हो, नहाले पनि उस्तै हो भने किन नहाल्नु र, यसैले मतदाता नामाबलीमा नाम लेखाए ।
गायक हेमन्त शर्माको बिचार भने केही फरक देखिएको छ । शुक्रबार हतार हतारमा गएर नाम लेखाएको भन्दै उनले भने, भोट हाल्ने नहाल्ने आफ्नो कुरा हो, तर परिचय पत्र लिएर बसेपछि त आफूलाई धेरै कुरामा काम लाग्छ नि हैन र ? उनले परिचत्र पत्र लिएपछि नागरिक जस्तो देखिने तर्क पनि अघि सारे ।
यता संगीतकार बसन्त सापकोटा भने सचेत नागरिक भएको हिसाबले पनि मतदाता नामाबलीमा नाम लेखाउनु पर्ने तर्क अघि सादै आफू अन्तिम दिनमा भएपनि नाम लेखाउन जान लागेको बताउछन् । उनी भन्छन्, मेरो नागरिकता हराएकाले बनाउदा केही समय ढिला भएको हो ।
भर्खरै उदाउँदै गरेकी नायिका अशिष्मा नकर्मीले र्फम लिएर आएको र अन्तिम दिनमा गएर नाम लेखाउने बताइन् । आइतबार र्फम भर्न गएको यति लामो लाइन रै’छ कि, के भन्ने ? यसैले घरमै लिएर आएँ, अब सोमबार गएर भर्छु, अशिष्माले भनिन् ।
छोरीलाई नै श्रीमती बनाएर सन्तान प्राप्ति !
नेपाली समाजमा आफूलाई जन्म दिने बाबुआमालाई भगवान्सरह नै मान्ने गरिन्छ । पितृसत्तात्मक मुलुक नेपालमा बाबुलाई त घरमूली नै भन्ने गरिन्छ । आफ्ना सन्तानको इज्जतको ख्याल गर्नु र गलत बाटोमा हिँड्न नदिनु घरमूलीको नाताले बाबुको बढी नै दायित्व हुन्छ । तर, इटहरी–२ का एक बाबुले भने आफ्ना छोरीहरूको इज्जतको ख्याल गर्नु र उनीहरूलाई गलत बाटोमा हिँड्न नदिनु त कता हो कता, उल्टै उनीहरूको इज्जतमाथि खेलवाड गरेको घटना सार्वजनिक भएको छ ।
जेठी छोरी कविताबाट बच्चासमेत जन्माएका
सौगातले आफूहरूलाई बलात्कार गर्न खोजेको भन्दै साइँली छोरी प्रीति, काइँली
लक्ष्मी र अन्तरी पार्वतीले इलाका प्रहरी कार्यालय इटहरीमा बाबुविरुद्ध
किटानी जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो । जेठी छोरीबाट जन्मेको बच्चा
६ वर्षको हुँदासमेत चुपचाप सहँदै आएका तीन छोरीहरूमाथि नै बलात्कार गर्न
खोजेपछि उनीहरू सोमबार भागेर प्रहरी कार्यालय पुगेका थिए । उनीहरूको कुरा
सुनेर प्रहरीहरू नै आश्चर्यचकित बनेका थिए । छोरीहरूको उजुरी र बयानलगत्तै
प्रहरीले सौगातलाई पक्राउ गरेको छ । उनलाई हिरासतमा राखी प्रहरीले
अनुसन्धान गरिरहेको छ । इलाका प्रहरी कार्यालय इटहरीका नायब निरीक्षक (सई)
गोविन्द खवासले अभियुक्त सैगातलाई म्याद थप गरी अनुसन्धान अघि बढाइएको
बताए ।
उजुरी दिन आएका छोरीहरूसँग प्रहरीले एक्लाएक्लै सोधपुछ गरेको थियो । सबैको एउटै बयान आएपछि प्रहरीले सौगातलाई पक्राउ गरेको राजधानी
दैनिकमा खबर छ । उनीहरूले इज्जतको डरले लामो समयदेखि वास्तविकतालाई
लुकाउनुपरेको बयान दिएका थिए । त्यसो त ६ वर्षीय छोरालाई लिएर स्थानीयले
पनि सौगातमाथि प्रश्न नउठाएका होइनन् । उनले र छोरीहरूले समेत सो बच्चालाई
भेटेर ल्याएको भन्दै समाजलाई ढाँट्दै आएका थिए । तर, अन्य छोरीहरू पनि
असुरक्षित बनेपछि उनीहरूले घटनाको वास्तविकता खुलासा गरेका हुन् । छोरीलाई
श्रीमती बनाएको आफ्नै अन्य छोरीहरूले खुलासा गरेपछि प्रहरीले दुवैको
स्वास्थ्य परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान
प्रतिष्ठानमा पठाएको छ ।
घरमा बस्न असुरक्षित भएको बताएका तीन
छोरीलाई भने इनरुवास्थित महिला विकास कार्यालयको सेवा केन्द्रमा राखिएको
छ । सौगातका ६ छोरीमध्ये साइँली प्रीति १०, काइली र अन्तरी क्रमशः लक्ष्मी र
पार्वती सोही ठाउँमा रहेको महेन्द्र उच्च माध्यमिक विद्यालयमा ७ कक्षामा
पढ्दै आएका छन् । ‘तिमीहरूले पढेर काम छैन, घरको कुरा बाहिर लगेको भनेर
जेठा छोरा नवीनले कुटपिट गर्न थालेपछि बाध्य भएर घरबाट भागेको साइँली
प्रीतिले आफूलाई भनेको विद्यालयका प्राचार्य धर्म भट्टराईले बताए । घटना
बाहिर आएलगत्तै स्थानीय महिला अधिकारकर्मीहरू सौगातको परिवारविरुद्ध
उत्रिएका छन् । महिला अधिकारकर्मी रुम्मिणी कोइरालाले समाजमा यस्तो जघन्य
अपराध गर्नेलाई समाजबाटै बहिष्कार गरी कडा कारबाही गरिनुपर्ने माग राखिन् ।
उनले सैगातलाई कारबाही गर्न सुनसरी
जिल्लामा क्रियाशील सबै महिला अधिकारवादी संस्थाहरू एक भएर हस्ताक्षर
अभियानको समेत थालनी गर्न लागेको बताइन् । यस्तै, छिमेकी राधा नेपालले
बच्चा जन्मिएदेखि नै आफूले सौगात परिवारको गतिविधिलाई नजिकबाट नियालेको
दाबी गर्दै उनकै सन्तान भएको दाबी गरिन् । उनले सैगातमाथि कानुनी कारबाही
नभए सामाजिक रूपमा कडा कारबाही गर्ने चेतावनी दिइन् । यता, आरोपित सौगातले
भने छोरीसँग माया गाँसेका केटाले छाडेर गएपछि बच्चा जन्मिएको दाबी गरेका
छन् । उनले सो कुरा बाहिर आए आफूहरूको बदनाम हुने डरले लुकाउँदै आएको
दाबीसमेत गरेका छन् । जेठी छोरी कविताले पनि आफ्नो प्रेमीको बच्चा भएको र
प्रेमी भागे पनि आफूले छोरालाई जन्म दिएको बताएकी छन् । उनले इज्जत जाने
डरले अहिलेसम्म सही कुरा लुकाएर समाजलाई गलत कुरा गर्दै आएको बताइन् ।
‘हामीलाई घरखेत चाहिँदैन, जंगलमै बस्न देऊ’ कविलाबाट कृषियुगमा फर्कन राउटेद्वारा अस्वीकार
सानो मुलुक भएर पनि नेपाल सामाजिक सभ्यतामा निकै ठूलो असमानता र विविधतामा छ । आफूलाई उत्तरआधुनिक भन्न रुचाउने नयाँ पुस्ताका मान्छे पनि नेपाल, अमेरिका र युरोपसम्म देख्न पाइन्छ, अर्कातिर सामाजिक विकासक्रममा कदम पछाडि परेका जनजाति पनि देख्न पाइन्छ । र, एक्काइशौं शताब्दीमा आइसक्दा पनि कृषि र पशुपालन युगमासम्म प्रवेश नगरेका कविला युगका राउटे जातिहरु पनि प्रत्यक्षरुपमै भेट्न पाइन्छ नेपाली समाजमा ।
मानव विकासको यो पुस्ताअन्तर कति विचित्रको छ भन्ने थप प्रमाण शुक्रबार नेपालगञ्जको रमझममा भेटिएका राउटेहरुले थप प्रष्ट पारेका छन् । उनीहरुलाई न शहरको महल चाहिएको छ, न सभ्यजाति भनाउँदा मान्छेले जसरी एक चोक्टो घडेरीका लागि मारामार गर्ने पक्षमा नै छन् उनीहरु ।
आफूलाई सभ्य भन्ने मान्छेहरु शहरमा पद र प्रतिष्ठाका लागि कोकोहोलो झगडा गरिरहेका छन् । कोही भ्रष्टाचार गरेर अकूत सम्पत्ति कमाइरहेका छन्, बलात्कार, महिला हिंसा र अपराधका घटना दिनहुँ सुनिन्छ सभ्य भनाउँदाहरुको वस्तीमा । तर, समाज विकासको सबैभन्दा पछिल्लो पाइलो चालिरहेका राउटेहरुलाई भने यो रंङ्गीचंङ्गी शहर, बजार र भौतिक सुविधाभन्दा आफ्नै जंगल, आफ्नै प्रकृति अनि आफ्नै जीवनशैली प्यारो छ । यी राउटेहरु यतिबेला सुर्खेतको रझेना क्षेत्रको बनमा २ सय ४२ परिवार बस्दै आएका छन् । शुक्रबार नेपालगञ्जमा भेटिएका उनीहरुका अधिकांश बालबालिका खोपबाट बञ्चित छन् । जंगलमै बस्ने भएकाले उनीहरु विद्यालय जाने त कुरै भएन ।
परापूर्वकालमा मानिसहरु जंगली अवस्थाबाट कृषिमा प्रवेश गरेको इतिहासमा पढ्न पाइन्छ । तर, जंगली जनावरको सिकार गर्ने अनि कन्दमुल खोज्दै जीउने कविला अवस्थाका राउटेहरु अहिले पनि आफूहरु खेती गर्नर् नसक्ने बताउँदै भन्छन् -’हामीलाई जंगलमै रम्न देऊ ।’
अर्थमन्त्रालय अन्तगर्तको युवा तथा स्वरोजगार कोषले लोपोन्मुख राउटे समुदायलाई अन्य लोपोन्मुख जातिसँगै अन्तरक्रिया गर्ने वातावरण मिलाउन शुक्रबार आयोजना गरेको अन्तरजिल्ला भ्रमणका अवसरमा नेपालगन्ज आइपुगेका राउटेहरुले आफूहरु खेती किसानी नगर्ने बताएका हुन् ।
‘नेपालगन्जको बजार राम्रो भए पनि हाम्रा लागि जङ्गलै प्यारो छ,’- मध्यपश्चिमका विभिन्न जिल्लामा जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका सहायक मुखिया शिवराज शाहीले भन्नुभयो- सरकारले हामीलाई समयमै भत्ता, राशन पानी दिनुपर्छ, हामी जङ्गलमै रमाएका छौं ।’
राउटे समुदायले फिरन्ते जीवन बिताउने, जंगली जनावर, कन्दमूल खाने र जंगलका काठबाट विभिन्न सामाग्रीहरु बनाई नजिकको गाउँमा लगेर अनाजसंग साट्ने गर्छन् । आफुहरु बसाइँ सरेको जिल्लामा सरकारले दिने सामाजिक सुरक्षा भत्ता दिए पुग्ने बताउँदै राउटे समुदायका सहायक मुखिया शिवराज भन्नुहुन्छ- ‘हामी जहाँ जान्छौं त्यही जिल्लाले हामीलाई भत्ता दिनुपर्छ । हामी खेती गर्दैनौं । ‘कोशी, मुदुस बनाउनका लागि काठ काट्न जंगलमा हामीलाई कुनै बाधा हुनुभएन ।’
नेपालगन्ज, काठमाडौंलगायतका शहरमा सित्तैमा घर दियो भने बस्नुहुन्छ भनी सोधिएको प्रश्नमा अधिकांश राउटेले घर दिए पनि जङ्गल छोड्न नसक्ने बताए । ‘एउटै ठाउँमा घर बनाएर बस्न मन लाग्दैन,- राउटेहरुले भने-’जङ्गलमा घुम्दै फिर्दै बाँच्नै रमाइलो लाग्छ ।’ शहर बजारका ठूला दरबारभन्दा आफुहरुलाई जङ्गलकै बसाइ प्यारो लाग्ने सहायक मुखिया शाहीले बताउनुभयो ।
राउटेहरुको १६ जनाको टोली चितवनका चेपाङ, दाङका कुसुण्डा र बाँकेका कुचबधियासँग भेटेर नेपालगन्जबाट शुक्रबार आफ्नो बासस्थान सुर्खेतको जहरेतर्फ लागेका छन् । चितवन र दाङ पुगेर र्फकने क्रममा नेपालगञ्जमा भएको अन्तरक्रियामा राउटे समुदायका अगुवा शाहीले जङ्गलमै काठका विभिन्न सामान बनाउँदा आनन्द लाग्ने बताउनुभयो ।
राउटे समुदायका दीपक शाहीले नेपालगन्जको बजार राम्रो भए पनि आफुहरुका लागि बजार भन्दा जङ्गल धेरै राम्रो भएको बताउनुभयो । ‘यहाँको बजार हेर्दा राम्रै छ,’-शाहीले भन्नुभयो,-’यहाँ नेपालगन्ज हेर्दा यहीँ रमाइलो, जङ्गल जाँदा त्यहीँ रमाइलो ।’ केहीले राउटेले भने गाडीमा सुर्खेतबाट चितवन पुगेर र्फकंदा आफूहरुलाई अफ्ठेरो भएको तर बजार भने रमाइलो लागेको बताए ।
अन्तरक्रियाका अवसरमा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले राउटे समुदायले रोजगारीका लागि आग्रह गरे उनीहरुलाई प्राथामिकतामा राख्ने बताउनुभयो । त्यस्तै स्वरोजगार कोषका अनुगमन अधिकृत लक्ष्मी बुथाथोकीले राउटेहरुलाई समाजमा स्थायी बसोबासको पहल गर्न उनीहरुलाई अन्य लोपोउन्मुख समुदायसंग भेटघाट गराएको बताउनुभयो । तर, राउटेहरुले भने आफूहरुलाई कविला अवस्था नै प्यारो लाग्ने र त्यसमा बाधा नगर्न उनीहरुले ‘सभ्य’ भनाउँदो समाज र राज्यसँग आग्रह गरेका छन् । र, यो राउटे जातिको अधिकार पनि हो साथै नेपाली समाजको अजबको सौन्दर्य पनि l source - onlinekhabar.com
Thursday, June 27, 2013
बन्यो कुलुङ भाषाको पाठ्पुस्तक
कुलुङ मातृभाषामा कक्षा १ को पाठ्यपुस्तक “सक्सोहर” प्रकाशन सम्पन्न भएको छ । यो पुस्तक प्रकाशन नभई पनि पाठ्यक्रमको आधारमा सोलुखुम्बका ७ बिद्यालयहरु छेस्कामको छेस्काम मा.बि., रत्न प्रगतिशील प्रा.बि., जनसुधार प्रा.वि, महाकुलुङ प्रा.वि., देनाम प्रा.वि., चोमोलोङमा प्रा.बि. गुदेलको चाचालुङ प्रा.बि. र संखुवासभा जिल्लाको ताम्कू गा बि स वडा नं. ७ को लक्ष्मी प्रा.बि. मा कुलुङ मातृभाषामा पढाई भईरहेको थियो । कुलुङ मातृ भाषाको कक्षा संचालन भैरहेको वा गर्न सकिने अन्य जिल्लाका बिद्यालयहरुमा पनि पुस्तक उपलब्ध गराईने कुलुङ संघ केन्द्रीय समितीले जनाएको छ । त्यसका लागि कक्षा संचालित बिद्यालय र बिद्र्याथीहरुको संख्या बारे संघमा जानकारी गराउन एक कार्यक्र बिच संघले अनुरोध गरेको छ ।
स्मरण रहोस कुलुङ मातृभाषाको पाठ्यपुस्त कुलुङ संघले २०६० सालमा नै तयार गरी पाठ्यक्रम बिकास केन्द्रबाट प्रकाशन र्गन तयारी रहेको भए पनि राई यायोक्खाको अवरोेधका कारण सो रोकिएको थियो । यसले कुलुङ मातृ भाषामा पठन पाठनलाई अगाडि बढाउन १० र्बष ढिलो गराएको छ ।
स्मरण रहोस कुलुङ मातृभाषाको पाठ्यपुस्त कुलुङ संघले २०६० सालमा नै तयार गरी पाठ्यक्रम बिकास केन्द्रबाट प्रकाशन र्गन तयारी रहेको भए पनि राई यायोक्खाको अवरोेधका कारण सो रोकिएको थियो । यसले कुलुङ मातृ भाषामा पठन पाठनलाई अगाडि बढाउन १० र्बष ढिलो गराएको छ ।
Tuesday, June 25, 2013
कुलुङ भाषाको कार्यक्रम आउने
हिजो बसेको कुलुङ संघ संखुवा सभाको बैठकले कुलुङ भाषाको रेडियो कार्यक्रम प्रसारण गर्ने पक्का गरेको छ । कुलु छेलाम नामको सो कार्यक्रम लाई संचालन गर्न कृष्ण कुमारी कुलुुङ को अध्यक्षतामा ९ सदसीय ब्यावस्थापन समिती चयन गरेको छ । कार्यक्रम सहयोगार्थ तुलाबहादुर कुलुङ, जंगबहादुर कुलुङ र लाकपद कुलुङले मासिक रु ५ सय का दरले बार्षिक रु ६ हजार आर्थीक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै पहिलो महिनाको सहयोग रकम प्रदान गरि सक्नु भएको छ । त्यस्तै नव निर्बाचित अध्यक्ष कोपीला कुलुङले तत्कालको लागी रु १ हजार ५५ रुपैया सहयोग गर्नु भएको छ । हाल सम्मको सहयोगीहरुमा रबिन्द्र कुलुङले रु ५ सय, नैकुमार कुलुङले ५ सय सहयोग गरिसक्नु भएको छ भने लोक कुमार कुलुङले बार्षिक सहयोग रु १० हजारको प्रतिबद्धता ब्यक्त गर्दै त्यस मध्ये बाट रु १ हजार आर्थिक सहयोग गर्नु भएको छ । सहयोगीहरुलाई बिशेष सम्मानको ब्यावस्था गरिने बैठकको निर्णय रहेको छ । कार्यक्रम लाई प्रभावकारी बनाउनको लागी आर्थिक पक्ष मजबुद हुनु पर्ने भन्दै नवनिर्बाचित समितीले बिभिन्न संघ संस्था तथा देश बिदेशमा बस्नुहुने कुलुङ जातिहरु संग पनि आर्थिक सहयोगको अपिल गर्ने निर्णय गरेको छ । ईच्छुक सहयोगीहरु ले ९८४२२१४१९३ र ०२९५६०११२ मा सम्पर्क गरि सहयोग गर्न सक्नुहुने छ । सहयोगीले कार्यक्रम प्रायोजक बनेर समेत सहयोग गर्न सक्नेछन् ।
कार्यक्रम संखुवा सभाका स्थानिय रेडियो बाट प्रसारण गरिने र देश भन्दा बाहिर बस्ने कुलुङ जाति तथा कुलुङ भाषिहरुले सुन्न सक्ने ब्यावस्था मिलाउनु पर्ने समितीको निर्णय छ । आउदो साउन बाट प्रसारण सुरु गरिने सो कार्यक्रम कुन रेडियो र कुन समयमा प्रसारण गरिने सम्बन्धमा भने तय भईसकेको छैन ।
पदाधीकारीहरु यस प्रकार छन् ।
१) अध्यक्ष– कृष्ण कुमारी कुलुङ
२) उपाध्यक्ष – जंगबहादुर कुलुङ
३) सचिव – ध्यान कुलुङ
४) कोषाध्यक्ष – तुलाबहादुर कुलुङ
५) सदश्यहरु – गोपाल कुलुङ
– रबिन्द्र कुलुङ
– दिल बहादुर कुलुङ
– भिम बहादुर कुलुङ
– धनबहादुर कुलुुङ
सल्लाहकार समिती सदस्यहरुहरु
– जुद्धबहादुर कुलुङ
– राजधन कुलुङ
– गोपी सम्सेर कुलुङ
कार्यक्रम उत्पादन समिती सदस्यहरु
निर्देशक – ध्यान कुलुङ
सदस्यहरु – अनिता कुलुङ
– लोक कुमार कुलुङ
– लाकपद कुलुङ
– नैकुमार कुलुङ
– अञ्जना कुलुङ
बिभिन्न जिल्लाहरु बाट र नेपाल बाहिर बाट कार्यक्रम प्रतिनिधीहरु आवश्यक परेको हुदा सम्र्पक गर्नु होला ।
कार्यक्रम संखुवा सभाका स्थानिय रेडियो बाट प्रसारण गरिने र देश भन्दा बाहिर बस्ने कुलुङ जाति तथा कुलुङ भाषिहरुले सुन्न सक्ने ब्यावस्था मिलाउनु पर्ने समितीको निर्णय छ । आउदो साउन बाट प्रसारण सुरु गरिने सो कार्यक्रम कुन रेडियो र कुन समयमा प्रसारण गरिने सम्बन्धमा भने तय भईसकेको छैन ।
पदाधीकारीहरु यस प्रकार छन् ।
१) अध्यक्ष– कृष्ण कुमारी कुलुङ
२) उपाध्यक्ष – जंगबहादुर कुलुङ
३) सचिव – ध्यान कुलुङ
४) कोषाध्यक्ष – तुलाबहादुर कुलुङ
५) सदश्यहरु – गोपाल कुलुङ
– रबिन्द्र कुलुङ
– दिल बहादुर कुलुङ
– भिम बहादुर कुलुङ
– धनबहादुर कुलुुङ
सल्लाहकार समिती सदस्यहरुहरु
– जुद्धबहादुर कुलुङ
– राजधन कुलुङ
– गोपी सम्सेर कुलुङ
कार्यक्रम उत्पादन समिती सदस्यहरु
निर्देशक – ध्यान कुलुङ
सदस्यहरु – अनिता कुलुङ
– लोक कुमार कुलुङ
– लाकपद कुलुङ
– नैकुमार कुलुङ
– अञ्जना कुलुङ
बिभिन्न जिल्लाहरु बाट र नेपाल बाहिर बाट कार्यक्रम प्रतिनिधीहरु आवश्यक परेको हुदा सम्र्पक गर्नु होला ।
Monday, June 24, 2013
विवाह र मृत्यु आफूले चाहेर नहुँदोरहेछ –रेखा थापा, नायिका
नायिका रेखा थापा यतिबेला चर्चामा छिन् । एकीकृत नेकपा माओवादीमा प्रवेश गरेपछि थापाको चर्चा अरु बढेको छ । पार्टीमा प्रवेश गरिसकेपछि पनि उनी काली नामको चलचित्र बनाउन सक्रिय छिन् । यसै सन्दर्भमा भर्खरै अनलाइनखबरका लागि रेखाले दिएको एक अन्तरवार्तामा उनले आफूमाथि हुँदै आएका आलोचनाहरुको यसरी प्रतिवाद गरेकी छन् :
कलाकार राष्ट्रको गहना हुन्छन् । तर तपाई त माओवादीको कार्यकर्ता बन्नुभयो, हामी तपाईलाई कलाकार भनौं कि पार्टीको कार्यकर्ता ?
–म गहनाबाट अब देशको सेवक हुन चाहन्छु । मलाई कुनै पनि पार्टीको कार्यकर्तामात्रै भन्दा पनि तपाईहरु र राष्ट्रको सेवकका रुपमा चिनिदिनुभए हुन्छ । म माओवादीमा प्रवेश गरेको पनि देश र जनताको सेवा गर्नकै लागि हो । समाजको सेवक बन्नका लागि हो ।
Rekha-Thapaके देखेर, र के गर्छु भनेर माओवादीमा प्रवेश गर्नुभयो ? पार्टीमा तपाईको भूमिका के रहन्छ ? पार्टीको नीति नियमको बारेमा कत्तिको स्पष्ट हुनुहुन्छ ?
–पार्टीमा लागिसकेपछि त्यसका नीति नियमहरुको पालना गर्नैपर्छ । कतिपय नीति नियम नयाँ पनि बन्दै जान्छन् । पार्टीमा लागिसकेपछि नबुझेका विषय पनि बुझिन्छ । जहाँसम्म मेरो भूमिकाको प्रश्न छ, मलाई यस्तै भूमिका चाहिन्छ भन्ने आग्रह छैन, राजनीतिमार्फत समाजको सेवा गर्ने मेरो भूमिका रहने छ । बाँकी भूमिका भविश्यले निर्धारण गर्नेछ ।
तपाईले पार्टी प्रवेश गर्दा माओवादी गरीवको पार्टी भन्नुभएको थियो । तर, तपाईका नेताहरु आलिसान महलमा बसिरहेका छन् । गरीव जनताको कुरा सुनिरहेका छैनन् । तपाई यसलाई कसरी लिनुहुन्छ ?
–युद्धका बेला नेताहरुको भूमिका बेग्लै थियो । तर, अहिले सरकारमा जाने र अन्य भूमिका निर्वाह गर्ने क्रममा उहाँहरुले प्रयोग गरेका महलहरु नेताका पेवा होइनन् जस्तो मलाई लाग्छ ।
पहिला छवि ओझालाई प्रयोग गर्नुभयो, अब फेरि माओवादी पार्टीलाई प्रयोग गरेर अगाडि बढ्न थाल्दै हुनुहुन्छ भन्ने तपाईलाई आरोप लाग्ने गरेको छ, के यो साँचो हो ?
हिजोका दिनमा कसले कसलाई प्रयोग गर्यो, त्यो इतिहासले प्रष्ट पार्ने कुरो हो । चेतनशील मान्छेले कसैलाई यस्तो आरोप लगाउन सक्दैन । म कसैलाई प्रयोग गर्ने वा कसैबाट प्रयोग हुने मान्छे होइन । मान्छेले अपमानित गर्नका लागि यस्ता आरोपहरु लगाएका मात्र हुन् । तपाईहरु कोही पनि यस्तो भ्रममा नपर्नुहुन आग्रह गर्छु ।
देशमा बढदो अशान्ति गरीविले गर्दा लाखौ युवाहरु विदेशिएका छन । तपाईको पार्टि प्रवेशले ति युवाहरुलाई स्वदेशमै राख्ने खालको कुनै योजनाहरु छन् ?
–म पार्टीमा नरहँदा पनि र नरहँदा पनि यस विषयमा सोच्ने गरेकी छु । अमेरिका गएर फर्केपछि मैले देशभित्रै बसेर केही गर्नुपर्छ भन्ने कुरा गर्दा धेरैले मेरो विरोध गरे । हामीकहाँ राम्रो काम गर्न खोज्दा विरोध गर्ने चलन छ । तर, म विचलित नभई युवाहरुको पक्षमा काम गर्न तयार छु । म आफैं पनि युवा हुँ । त्यसैले युवाहरुले विदेश जानु नपरोस्, रोजगारीका लागि भनेर एकजना पनि नेपालीले एयरपोर्ट टेक्नु नपरोस् । त्यसका कहाँ कहाँ संघर्ष गर्नुपर्ने हो, त्यसका लागि लड्न म तयार छु । बरु यसका लागि मैले पार्टीभित्र र बाहिर कसरी संघर्ष गर्नुपर्छ, सल्लाह र सुझाव दिनुहोला, तपाईहरुसँग हातेमालो गरेर अघि बढ्न म तयार छु । तपाई हामीले मिलेर यो काम गर्नुपर्छ र देशको भलो हुने काम सोच्नुपर्छ । तपाईहरुको माया पाएपछि मैले यसबारे अवश्यै केही गर्न सक्छु भन्ने सोचेकी छु ।
तपाई आफुलाई कतिको सेक्सी ठान्नुहुन्छ ? जति उमेर ढल्कँदैछ, उति सेक्सी देखिन थाल्नुभएको छ, यसको राज के होला ?
–मेरो उमेर कहाँ ढल्केको छ र ? झनै जवानी पो चढ्दैछ ! जहाँसम्म सेक्सी देखिएको भन्ने कुरा छ, मलाई त्यस्ती छु जस्तो लाग्दैन, तपाईहरुलाई लाग्यो होला ।
सेक्सबारे तपाईको धारणा के हो ?
–सेक्सका बारेमा भन्दा पनि म देशका बारेमा सोच्न चाहन्छु । धेरै युवायुवतीले देश छाडेर, विदेशमा गएर काम गरिराख्नुपरेको छ । हाम्रा सबै नेपाली दाजुभाइले आफ्नै देशमा बसेर काम गर्ने र खुशीसाथ जीवन बिताउने वातावरण बनाउनुपर्छ ।
अर्को विवाह गर्ने सोचाइमा हुनुहुन्छ कि ? के सोचाइ बनाउनुभएको छ ? घरबार गर्ने हो भने कस्तोखालको रोज्नुहुन्छ ?
–मैले विवाहबारे केही पनि सोचेकी छैन र अहिले विवाह मेरो कल्पनाभित्र छैन । जहाँसम्म मेरो कस्तोखालको घरबार हुन्छ भन्ने प्रश्न छ, मैले केटाको धन सम्पत्ति हेर्दिँन । मेरो घरबार रिक्साचालक वा सब्जी ब्यापारीसँग पनि हुन सक्छ । वैदेशिक रोजगारीमा गएकाहरुसँग पनि हुन सक्छ । मैले यसबारे अहिल्यै सोचेकी छैन ।
तपाई र छविको सम्बन्ध टुटेको रहेछ, अब तपाईको साथ पाउने भाग्यमानी को होला ?
–विवाह, सम्बन्ध र मृत्यु आफूले चाहेर नहुँदोरहेछ । अब मेरो कोसँग विवाह होला, यो मेरो कल्पना बाहिरको कुरा हो ।
छवि ओझालाई छाडनुको कारण के हो ? धन, उमेर या सेक्स ?
–छविजीलाई मैले छाडेकी हैन, माथिबाटै यस्तो हुन गएको हो । लेखान्तको कुरो हो ।
तपाईको नाम प्रकाश दाहाल र जीवन लुइटेलसँग जोडिन थालेको रहेछ, सत्य के हो ?
–जीवन लुँइटेल र म एउटै गाउँका हौं । उनी मेरी मम्मीलाई मम्मी भन्छन् । हाम्रो परिवारमा उनको आवत-जावत पनि भैरहन्छ । उनी मेरा असाध्यै राम्रा साथी हुन् । उनले पनि चलचित्र क्षेत्रमा १० वर्षभन्दा बढी संघर्ष गरेर यहाँसम्म आएका छन् । उनी विवाहित मानिस हुन् । जहाँसम्म प्रचण्डपुत्रको कुरा छ, काम नभएका मान्छेले फुर्सद कटाउन लगाउने यस्ता उट्पट्याङ आरोपका पछाडि लाग्ने मलाई फुर्सद छैन ।
Thursday, June 20, 2013
जियाको ‘अर्को सुसाइड नोट’ भेटियो
बलिउड अभिनेत्री जिया खानको आत्म हत्यापछि भेटिएको उनको ‘सुसाइड नोट’ उनकी
आमाले प्रहरीलाई बुझाएकी छन् । तर, अर्को सुसाइड नोट जियाको ब्याईफ्रेण्ड
सूरज पंचोलीको घरबाट भेटिएपछि धेरैलाई आश्चर्य पारेको छ ।
दुबै सुसाइड नोटमा लेखाईको शैली र भनाई निकै फरक पाईएको छ । जियाको
आमाले प्रहरीलाई बुझाएको सुसाईड नोटमा सूरजले बलात्कार र जर्वजस्ति गर्भपतन
गर्न लगाएको आरोप लगाईएको छ भने अर्को सुसाईड नोटमा सूरजलाई ‘एकदमै माया
गर्ने मान्छे’को रुपमा व्याख्या गरिएको छ ।
यि विवादास्पद् दुईवटा सुसाईट नोट भेटिएपछि यसबारे बुझ्न सूरजका बुवा आदित्य पंचोली आफै अगाडी सरेका छन् ।आदित्यले आफूले आफ्नो घरमा भेटिएको सुसाइड नोट हस्तलिखित विषेशज्ञलाई दिएको बताएका छन् । उनले एक अन्तर्वातामा भनेका छन्,‘पुलिसले यस विषयमा आफै केही गर्ने छ, मैरे मेरो तर्फबाट सुसाईट नोट हेण्डराईटिङ विशेषज्ञलाई दिएको छु जसले वास्ताविकता पत्ता लगाउन सकोस । ’
आदित्यले जिया की आमा राबिया खानलाई चुनौति दिदै भनेका छन्,‘ प्रहरीले आफ्नो काम गर्दै जान्छ तर सुसाइड नोट जियाले नलेखेको पुष्टि भएमा कानुनी कारवाहीमा जान्छौं ।’ तर जियाकी आमा राबियाले पनि आफू आदिस्यको धम्कीले नडराउने बताएकी छन् । राबियाले जियाको सुसाइड नोट नक्कली भए आफू कानुनी कारवाही भोग्न तयार रहेको बताएकी छन् । उनले भनेकी छन्,‘ मेरो छोरीलाई मृत्युको डर भएन, अब उ छैन, मलाई कुनै विषयको चिन्ता छैन ।’ बलिउड अभिनेत्री जियाले प्रेममा दुईहप्ता अघि आत्महत्या गरेकी थिईन ।
Friday, June 14, 2013
एसएलसी फेल हुनेलाई हरिवंशदेखि बिल गेट्ससम्मको साथ ! परीक्षामा असफल भए पनि अवसर नै अवसर
सधैंका वर्षहरुमा जस्तै यसपालि पनि एसएलसीमा जाँच दिएकामध्ये आधाभन्दा धेरै विद्यार्थी फेल भए । परीक्षामा असफल भएपछि निराशा र चिन्ता हुनु स्वभाविक नै हो । फेल भएको पीडा सहन नसकेर कतिपयले आत्महत्या जस्तो कठोर निर्णय समेत गर्ने गर्छन् । तर, एसएलसीमा फेल हुनु नै जिन्दगीमा असफल हुनु होइन । घोडा चढ्ने मान्छे लड्छ भने झैं जाँच दिने मान्छे फेल हुन्छन् । यसरी पढाइमा असफल र फेल भएका मान्छे पढेकाभन्दा ‘सेलिबि्रटी’ भएका उदाहरण प्रशस्त छन् ।
एसएलसीमा फेल भएर निराश भएकाहरुको मनोबल
बढाउन सामाजिक सञ्जालमा यस्तै उदाहरणीय व्यक्तित्वहरु चर्चा हुन थालेको छ ।
कतिले नेपालकै चर्चित व्यक्तिहरुको प्रसंग जोडेका छन् भने कतिले विश्वकै
धनी व्यक्ति र वैज्ञानिक सम्मलाई सम्झन पुगेका छन् । ’बोर्डफस्ट भएर
बाबुराम हुनुभन्दा त फेल भएर हरिवंश हुनु नै जाति’ एसएलसी रिजल्ट भएलगत्तै
सामाजिक सञ्जालमा सबैभन्दा बढी देखिने उद्गार हो यो । पूर्वप्रधानमन्त्री
एवं एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. भट्टराई ०२५ सालको एसएलसीमा
‘बोर्डफस्ट’ हुनुभएको थियो । पीएचडीसम्म पढेका उहाँलाई सबैले विद्वानको
रुपमा मान्छन् ।
तर राजनीतिक रुपमा भने उहाँलाई मन
नपराउनेको संख्या धेरै छ । अर्का पात्र वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य
एसएलसीमा फेल हुनुभएको थियो । उहाँको पुस्तक ‘चिना हराएको मान्छे’ पढेपछि
धेरैले यो कुरा थाहा पाए । एसएलसीमा फेल भएका आचार्य सामाजिक क्षेत्रमा
भट्टराई भन्दा बढी लोकपि्रय हुनुहुन्छ । त्यसैले सामाजिक सञ्जालमा भट्टराई र
आचार्यलाई तुलना गर्दै एसएलसीमा फेल हुनेहरुको मनोबल बढाउन खोजिएको हो ।
परीक्षामा असफल हुँदैमा निराश हुनु पर्दैन भन्ने अरु उदाहरण पनि छन् । सामाजिक सञ्जालमा पढ्न पाइने केही उदाहरण हेरौं :
-“I failed in some subjects in
exam, but my friend passed in all. Now he is an engineer in Microsoft
and I am the owner of Microsoft.” ― Bill Gates
- संसारमा सबैभन्दा धेरै आविष्कार गरेर नाम कमाउन सफल थोमस एल्भा एडिसनलाई १२ वर्षको उमेरमा स्कूलबाट निकाला गरिएको थियो ।
- अल्बर्ट आइन्स्टाइनलाई मन्दबुद्धिको केटो भनी स्कुलमा हेला गरिएको थियो । उनी कलेजको प्रवेश परिक्षामा असफल भएका थिए ।
- विलियम शेक्सपीयर कक्षा ५ मा दुई पटक फेल भएका थिए ।
- रविन्द्रनाथ ठाकुर म्याट्रिकुलेसन (SLC) मा सात पटक फेल भएका थिए ।
- महात्मा गान्धी म्याट्रिकुलेसनमा तेश्रो डिभिजनमा पास भएका थिए ।
- विन्स्टन चर्चिल कक्षा ६ मा फेल भएका थिए ।
- लियो टाल्सटाय कलेजबाट भागेका थिए ।
- ब्रुस लीले पनि पढाइलाई चटक्कै छोडेका थिए ।
- जोन डी रकेफेलर निरक्षर थिए ।
- म्याक्सिम गोर्की कहिल्यै विद्यालय गएनन् ।
- माइकल फराडे, विल गेट्स, स्टेफन स्पेल बर्ग, पिटर जेनिग्स, स्टिभ जब्स,हेरी एस ट्रुमन आदि कलेज नै गएका थिएनन् ।
- २०५ अमेरिकी अर्बपतीहरू कलेज नै नगएको तथ्याकं छ ।
फेल हुनेलाई जताततै अवसर
पास हुनेहरुलाई उच्चशिक्षा पढ्ने ठाउँ
भएजस्तै एसएलसी असफल हुनेहरुका लागि पनि जिन्दगी बनाउने बाटो प्रशस्त छन् ।
‘एसएलसी दिने उमेर भनेको कमाउने उमेर हो, कमाउनको लागि पास हुनैपर्छ भन्ने
छैन’ शिक्षाविद डा. विद्यानाथ कोइरालाले अनलाइनखबरसित भन्नुभयो-’सकिन्छ एक
वर्ष कुरेर जाँच दिने, हैन भने सीप सिकेर कमाउन थाल्ने ।’ दुई विषयसम्म
मात्र अनुतीर्ण हुनेले आउँदो साउन २० गतेदेखि पुरक परीक्षा दिन पाउँछन् ।
पुरक परीक्षामा पास भएमा यही वर्ष कलेज पढ्न पाइन्छ । अर्थात अहिले फेल भएर
पनि पुरकमा पास भएमा उच्च शिक्षा पढाईमा कुनै घाटा लाग्दैन । दुई
विषयभन्दा बढीमा अनुतीर्ण हुनेहरुले भने अर्को वर्ष एसएलसी दिनुपर्छ । ‘एक
वर्ष पर्खंदैमा भविष्य बिग्रिदैन’ कोइरालाले भन्नुभयो ।
पढ्न मन लागेन भने पनि केही छैन । ‘तरकारी
खेती, पशुपालन लगायत व्यवसायिक कृषि पेशाको लागि एसएलसी पास गर्नै पदैन’
शिक्षाविद कोइरालाले भन्नुभयो-’व्यवसायिक कृषि पेशा अपनाएर धेरैले राम्रो
आम्दानी गर्ने गरेका छन् ।’यस्तै मोवाईल मर्मत, कम्प्युटर मर्मत, रेडियो र
टेलिभिजन मर्मत, मोटरसाइकल मर्मतको तालिमको लागि पनि एसएलसी पास गर्न
पर्दैन । ‘अरुले गरेको हेरेर र तालिम लिएर धेरैले यस्ता सीपमूलक कामबाट
आम्दानी गरेका छन्’ कोइरालाले भन्नुभयो-’अब पढाई मात्र ठूलो कुरा होइन,
लगनशिलता र सृजनशिलता महत्वपूर्ण पक्ष हो, लगनशील हुने हो भने असफल मान्छे
पनि जिन्दगीमा सफल हुन सक्छ ।’
यसपालीको एसएलसीमा २२ निजीसहित ३ सय ४५ विद्यालय निल
१ असार, काठमाण्डौं । २०६९ सालको एसएलसी
परीक्षामा मुलुकभरका तीनसय ४५ विद्यालयको नतिजा शून्य आएको छ । शून्य नतिजा
आएका मध्ये २२ वटा निजी विद्यालय छन् । एकजना पनि विद्यार्थी परीक्षामा
उर्त्तीण गराउन नसक्नेमा अन्य सबै सामुदायिक विद्यालय रहेको परीक्षा
नियन्त्रण कार्यालय -पनिका)ले जनाएको छ । नतिजा शून्य आउने अधिकांश निजी
विद्यालय काठमाण्डौं उपत्यकाका छन् , परीक्षा नियन्त्रक खगराज बरालका
अनुसार काठमाण्डौंका आठ, भक्तपुरका दुई र ललितपुरका एक निजी विद्यालयको
नतिजा शून्य छ । उपत्यकाका कुनै पनि जिल्लामा सामुदायिक विद्यालयको नतिजा
शून्य नरहेको पनिकाले जनाएको खबर अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । नतिजा
शून्य आउने अन्य निजी विद्यालय झापा, सुनसरी, सप्तरी, धनुषा, बाँके र
कञ्चनपुरका छन् ।
सामुदायिकतर्फ सबैभन्दा धेरै विद्यालयको नतिजा शून्य हुने जिल्ला उदयपुर रहेको छ । उदयपुरका ३१ वटा विद्यालयले एकजना पनि विद्यार्थी परीक्षामा उर्त्तीण गराउन सकेका छैनन् ।
सामुदायिकतर्फ सबैभन्दा धेरै विद्यालयको नतिजा शून्य हुने जिल्ला उदयपुर रहेको छ । उदयपुरका ३१ वटा विद्यालयले एकजना पनि विद्यार्थी परीक्षामा उर्त्तीण गराउन सकेका छैनन् ।
मनाङको नतिजा सबैभन्दा धेरै, काठमाण्डौं दोस्रो
गत बर्षको एसएलसी परीक्षामा सबैभन्दा बढी उर्त्तीण हुने जिल्ला मुस्ताङ रहेको छ भने दोस्रोमा काठमाण्डौं भएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार मुस्ताङ जिल्लाले ८२ दशमलब ०५ प्रतिशत विद्यार्थी उर्त्तीण गरेको छ भने काठमाण्डौंले ८१ दशमलब ७८ प्रतिशत विद्यार्थी उर्त्तीण गरेको पनिकाले जनाएको खबर नेपाल समाचारपत्रले छापेको छ ।
नतिजाका आधारमा सल्यान यसपटक सबैभन्दा कम विद्यार्थी उर्त्तीण हुने जिल्लामा परेको छ । सल्यानमा ७ दशमलब ३९ प्रतिशत विद्यार्थी उर्त्तीण भएका छन् ।
गत बर्षको एसएलसी परीक्षामा सबैभन्दा बढी उर्त्तीण हुने जिल्ला मुस्ताङ रहेको छ भने दोस्रोमा काठमाण्डौं भएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार मुस्ताङ जिल्लाले ८२ दशमलब ०५ प्रतिशत विद्यार्थी उर्त्तीण गरेको छ भने काठमाण्डौंले ८१ दशमलब ७८ प्रतिशत विद्यार्थी उर्त्तीण गरेको पनिकाले जनाएको खबर नेपाल समाचारपत्रले छापेको छ ।
नतिजाका आधारमा सल्यान यसपटक सबैभन्दा कम विद्यार्थी उर्त्तीण हुने जिल्लामा परेको छ । सल्यानमा ७ दशमलब ३९ प्रतिशत विद्यार्थी उर्त्तीण भएका छन् ।
Tuesday, June 11, 2013
एसएलसीमा फेल भएपछि आत्महत्या
चितवन, जेठ २८ एसएलसीमा अनुतिर्ण भएपछि चितवनमा एक जना विद्यार्थीले आत्महत्यागरेका छन् ।
स्काईराईडर आवासीय उच्चमाबि रत्ननगरबाट एलएलसी परीक्षा दिएका रत्ननगर ७
कपरखोरीका १६ बर्षका अनिस अम्गाईले आत्महत्या गरेको ईलाका प्रहरीकार्यालय
रत्ननगरले जनाएको छ ।
यसअघिसम्म शत प्रतिशत नतिजा ल्याउँदै आएको स्काईराईडर आवासीय उच्चमाबिमा यस पटक तीन जना विद्यार्थी अनुतिर्ण भएका थिए ।
एक सय ३० जना विद्यार्थीले एसएलसी दिएकोमा ७३ जना विशिष्ट श्रेणीमा ५२ जनाप्रथम र २ जना दोश्रो श्रेष्णीमा उत्तीर्ण भएका थिए ।
‘मुन्द्रे’को एसएसलसी सेकेन्ड डिभिजन मनोज गजुरेल र जितु उस्तै, धुर्मुस प्रथम श्रेणीम
‘मुन्द्रे’को एसएसलसी सेकेन्ड डिभिजन
मनोज गजुरेल र जितु उस्तै, धुर्मुस प्रथम श्रेणीम
२८ जेठ, काठमाडौं । मंगलबार सार्वजनिक
भएको एसएलसीको नतिजा कतिका लागि राम्रो भयो, कतिलाई नराम्रो । डिस्टिङसन,
फस्ट र सेकेन्ड डिभिजन आयो भनेर मख्ख पर्ने पनि छन् । थर्डमै चित्त बुझाउने
पनि छन् । पास हुनेभन्दा फेल हुने धेरै छन् । तर चर्चा चाहिँ पास हुनेको
मात्रै छ । एसएलसीको नतिजा सार्वजनिक भएको दिन त्योभन्दा माथि पढिसकेका र
पढेर सकाइसकेकाहरुले पनि विगतको याद गर्ने गर्छन् । आज अनलाइनखबरले देशका
तीनजना हास्य कलाकारसँग उबेलाको एसएलसी नतिजाको अनुभवबारे छोटो कुराकानी
गरेको छ ।
नेपाल टेलिभिजनको चर्चित हास्य सिरियल
जिरे खुर्सानीमा कलाकार जितु नेपाल सिरियलमा भन्ने गर्नुहुन्छ- ‘थर्ड
डिभिजन ल्याएर एसएलसी पास गरेको मान्छे हुँ, के सोच्या छ..।’ तर वास्तवमा
जितुले थर्ड डिभिजन होइन, सेकेन्ड डिभिजनमा एसएलसी पास गर्नुभएको हो ।
मंगलबार एसएलसीको नतिजा सार्वजनिक भएको दिन अनलाइनखबरसितको कुराकानीमा
कलाकार नेपालले आफ्नो बेला सम्झँदै भन्नुभयो -
‘मैले २०४८ सालमा सिन्धुपाल्चोकको जाल्पा
माविबाट एसएलसी दिएको थिएँ । अहिलेजस्तो पहिले नै नतिजा आउँदैछ भन्ने थाहा
पनि हुँदैनथियो । बिहान रेडियोले रिजल्ट भयो भनेको दिन म काठमाडौंको
जडिबुटीमै थिएँ । तर, पनि दिउँसो मात्र गोरखापत्र हेर्ने मौका मिल्यो ।
मलाई मेरो सिम्बोल नम्बर अझै याद छ ।
३७९५५’यू’ थियो । अन्तिममा यू भएको हुनाले
उतीर्ण हुन्छु भनेर मैले व्याख्या गर्ने गरेको थिएँ । नभन्दै उतीर्ण भएँ ।
सेकेण्ड डिभिजनमा पास भएँ । त्योबेला मेरो स्कूलबाट ४०/४५ जनाले परीक्षा
दिएकोमा म समेत जम्मा ५ जनामात्र पास भयौं । उबेला त्यसरी पास हुनुको महत्व
नै बेग्लै थियो ।
मलाई लाग्छ कि डिस्टिङसन, कि थर्ड डिभिजनको महत्व छ । बीचको फस्ट र सेकेन्ड
भन्या त उस्तै हो । त्यसैले मैले आफ्नो टेलिसिरियलमा थर्ड डिभिजनलाई महत्व
दिएका हौं ।’
म दुई नम्बरको एसएसलसी
हेर्दै गाको, सेकेन्ड डिभिजनमा पास भएछु ।
मलाई फस्ट डिभिजनभन्दा सेकेन्ड डिभिजन नै राम्रो लाग्छ । फस्ट हुनका लागि
धेरैजना प्रयास गर्छन् । तर, एउटा मात्रै सफल हुन्छ । दुई नम्बर त सधैं
उस्तै । म कलाकारितामा पनि दुई नम्बरको हुँ । एसएलसीमा पनि सेकेन्ड डिभिजन,
कलाकारितामा पनि दुई नम्बर ।
धुर्मुस एसएलसीका दिन भूमिगत
अर्का हास्यकलाकार सीताराम कट्टेल
धुर्मुसलाई भने पास होला जस्तै लागेको थिएन । ‘मैले झापा गौरादहको
ज्ञानज्योति माविबाट एसएलसी दिएको हो । त्योबेला कक्षामा सेकेन्ड हुन्थें ।
तर एसएलसीमा गणित धेरै बिग्रेको थियो । गणितमा फेल हुन्छु जस्तो लागेकाले
रिजल्ट भएको दिन कतै गइँन । घरभित्रै लुकेर बसें ।
भोलिपल्ट स्कूलमा रिजल्ट टाँसेको रहेछ ।
साथीहरुले तँ त फस्ट डिभिजनमा पास भएको छस् भनेर सुनाए । मलाई पत्यार नै
लागेन । गएर गोरखापत्र हेरें । साँच्चै फस्ट डिभिजनमा पास भएको रैछु ।
साहै्र गदगद भएँ ।
Sunday, June 9, 2013
मदनकृष्णले भने, ‘बुढीहरुले जिस्काँएर हैरान पार्छन्’
पहिलो पटक आयोजना भएको ‘ओफा अवार्ड’मा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पाएपछि कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई आफूहरुलाई उमेर छिप्पिएको भान भएको बताए । कार्यक्रममा अवार्ड ग्रहण गरेपछि मदनकृष्णले भने, ‘मलाई बुढो भए कि जस्तो लाग्न थालेको छ किनकी बाटोमा धेरैले पाका महिलाहरुले हाई भन्दै जिस्काउँछन् । अवार्ड ग्रहण गर्दै मह जोडीले आफूहरुले कलाको क्षेत्रमा अझै धेरै योगदान गर्न बाँकी रहेको प्रतिक्रिया दिए ।
अनलाइन फिल्मीखबर डटकमले आयोजना गरेको कार्यक्रममा १३ विधामा अवार्ड प्रदान गरिएको थियो । जसमा मह जोडीलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएका हो ।
पहिलो पटक आयोजना गरिएको अवार्ड कार्यक्रममा पपुलर नायक जीवन लुइटेल, पपुलर नायिका रेखा थापा, पपुलर निर्देशक सुरज सुब्बा ‘नाल्बो’, पपुलर सिनेमा रिदम, पपुलर संगीतकार बसन्त सापकोटा घोषित भएका थिए । यस्तै पपुलर नव नायिका पि्रयंका कार्की, पपुलर नव नायक संयम पुरी घोषित भए । पपुलर छायांकारको अवार्ड संजय लामाको पोल्टामा गयो ।
Thursday, May 30, 2013
‘म अर्को जन्ममा देउता हुन्छु, देउतालाई मान्छे बनाउँछु’
कलाकार हरिवंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ यतिबेला पाठकमाझ चर्चित छ । उहाँको कलाकारिता जीवनका आरोह अवरोह, पत्नी वियोग, संघर्ष र सफलताको कथा चिना हराएको मान्छेमा समेटिएका छन् । आचार्य भन्नुहुन्छः ‘ब्यूँझेको १८ घण्टा मध्ये ९ घण्टा म मीरालाई सम्झिन्छु । घरका हरेक भौतिक वस्तुमा मीरालाई नै देख्छु । फोटो हेर्छु, त्यही फोटोसँग कुरा गर्छु ।’
पुस्तक चिना हराएको मान्छेको सेरोफेरोमा रहेर कलाकार हरिवंश आचार्यसँग उज्यालो अनलाईनका लागि दीपेन्द्र खनियाले गरेको कुराकानीको सारसंक्षेपः
‘चिना हराएको मान्छे’ सार्वजनिक गरेपछि मीरा भाउजुलाई कति सम्झनुभयो ?
खुब सम्झेँ । ऊ यतै कतै छ जस्तो लाग्छ । हाँसिरहेको जस्तो लाग्छ । अनि रमिलालाई केही कुरा भनिरहे जस्तो लाग्छ । मसँग कहिले काहीँ ठुस्की रहेको जस्तो लाग्छ । कहिले गाली गरिरहेको जस्तो लाग्छ । छिनछिनमा, पलपलमा सम्झिरहन्छु । म ब्यूँझेको १८ घण्टा मध्ये ९ घण्टा त उसैलाई सम्झिन्छु । कुनै भाँडा देख्यो भने पनि उसले किनेको हो भन्ने हुन्छ । कुनै जुत्ता देख्यो भने पनि उसले किनिदिएको जुत्ता हो भन्ने हुन्छ । घरका हरेक भौतिक वस्तुमा मीरालाई नै देख्छु । फोटो हेर्छु, त्यही फोटोसँग कुरा गर्छु ।
मीरा केयर फाउन्डेसन, मीरा केयर सेन्टर पहिला जन्म्यो कि चिना हराएको मान्छे ?
जन्मिन त मीरा केयर सेन्टर पहिले जन्म्यो । जब मीराको भौतिक शरीर हामीसँग रहेन, त्यसपछि मैले के विचार गर्थे भनें उसलाई मर्न दिन्न म उसलाई बचाई राख्छु । मान्छे त जो पनि जन्मेपछि मर्दछन् । सायद म पहिले मरेको भए उनी बाँच्थिन होला । म पहिले मरेको भए उनको सम्झनाको चाँजोपाँजो नमिल्न पनि सक्थ्यो । मीराको सम्झनामा एउटा सामाजिक काम गर्छु भन्दा मीरा केयर सेन्टर जन्मेको हो । त्यसैले चिना हराएको मान्छे भन्दा मीरा केयर सेन्टर जेठो हो । नाम चाहिँ हामीले पछि राखेका हौं ।
चिना हराएको मान्छेको बिक्रिबाट प्राप्त हुने सबै रोयल्टी मीरा केयर सेन्टरमा जान्छ ?
दुई हजार एडिसन कपी छ त्यसको मुल्य दुई हजार रुपैयाँ राखेका छौँ । त्यसबाट ४० लाख रुपैयाँ उठाउने हाम्रो लक्ष्य छ । त्यो शतप्रतिशत त्यसमै जान्छ । कुनै दायाँबायाँ गर्दैनौं । पुस्तकबाट आउने रोयल्टीको पाँच लाख रुपैया मैले मीरा कयर सेन्टरको लागि हस्तान्तरण पनि गरिसकेँ । चिना हराएको मान्छेको जति रोयल्टी आउँछ त्यसका बारेमा अहिलेसम्म मैले के गर्ने भन्ने निर्णय गरिसकेको छैन, तर जहाँसम्म मलाई लाग्छ सबै त्यही सेन्टरमा जान्छ । मीरा केयर सेन्टरलाई सबैको साझा संस्था बनाउने लक्ष्य छ । त्यसमा अरुले पनि सहयोग गर्न सक्छन् । त्यसमा पूरै पारदर्शिता अपनाईनेछ । हरेक खर्चका बारेमा जानकारी दिईनेछ । त्यसलाई वेबसाईटमा पनि राख्नेछौं ।
कस्तो काममा केन्द्रित हुनेछ मीरा केयर सेन्टर ?
मीरालाई बच्चा असाध्यै मन पर्थ्यो । त्यसैले म पनि बच्चा जस्तो थिए । अहिले पनि बच्चा जस्तै छु । व्यवहार अझै बच्चा जस्तै छ । हामी नयाँ बजारमा घट्टेकुलोमा बस्दा पनि त्यो अनाथाश्रम सञ्चालन गर्ने मान्छेहरु आउँदा रहेछन् । उनीहरुलाई मीराले कसैलाई चामल, कसैलाई जुत्ता जस्ता कुरा दिईरहन्थिन् । तर त्यसमध्ये एकदुईजनाले चाहिं अनाथाश्रम चलाउने भनेर उठाएको रकम, सामानको सदुपयोग गर्दा रहेनछन् । त्यसैले मैले जथाभावी नदेऊ बुझेर मात्र देऊ, तिमी आफै गएर देउ, जसलाई दिने हो उसैलाई देउ भन्दा पनि उ लुकी लुकी दिने गर्दिरहिछन् । त्यो सबै बच्चाप्रतिको उनको लगावले भएको हो ।
हाम्रो जेठो छोरा त्रिलोक आचार्यले अमेरिकाबाट मीरालाई एक हजार डलर पठाएको थियो, जीवनको पहिलो कमाई भनेर । मीराले त्यसमध्ये १७ हजारको कपडा किनेर जय बाल भोजनका बाल बालिकाहरुलाई बाँडिन् । म पनि गएको थिएँ । त्यसैले उनको बच्चाप्रतिको लगाव धेरै थियो । हामी मीरा केयर सेन्टरमा बच्चा ल्याएर पाल्ने, पढाउने योजनामा त छैनौं तर गर्भावस्था देखि नै आमालाई र बाबुलाई बच्चालाई कसरी सही तरिकाले जन्मदिनु पर्छ ? गर्भवती अवस्थामा के के कुरामा विचार गर्नु पर्छ ? जस्ता कुराको सन्देश दिने छौं । बच्चालाई दवाव दिने बानी छ हाम्रो त्यसलाई सुधार्न आवश्यक छ, बच्चालाई त माया गरेर हुर्काउनु पर्छ । त्यसो गर्न सकिएन भनें बच्चा आफ्नै खुट्टामा उभिन सक्ने हुन्न । कोही बाहिरको मान्छे आयो भने लुक्न जाने, तिम्रो नाम के हो भन्दा टाउको निहुराएर बसिरहने हुन्छ । त्यस्ता बच्चालाई मनमा एकखालको त्रास हुन्छ । तर सुरु देखि नै आत्मविश्वासी बच्चाले भविष्यमा राम्रो गर्न सक्छ । उसको चेतनाको स्तर धेरै राम्रो हुन्छ । बच्चालाई पढाउने मात्रै होईन, खेलाउनु पनि पर्छ । यस्तो काम मीरा केयर सेन्टरले गर्छ । एउटै विद्यालयको राख्ने होईन, कहिले कुन विद्यालयको कहिले कुन विद्यालयको बच्चालाई यसरी राख्नेछौं । चाइल्ड रिच भन्ने एउटा संस्था छ ईन्टरनेसनल अर्गनाइजेसन, नेपालमा छिरिङ भाईले स्थापना गर्नुभएको छ । त्यससँग सहकार्य गर्दैछौं । त्यसमा विदेशी स्वयंसेवीहरु आएर बच्चाहरुलाई बोल्न सिकाउने, बच्चाको आत्मबिश्वास बढाउन सहयोग गर्नेछन् ।
तपाई त झन्डै पण्डित हुनुभएको रहेछ नी हैन ?
कुनै पनि चिज लेखेको पाईन्छ, देखेको पाईन्न भन्छन् । म पण्डित भएको भए लुकीलुकी मःम खाने पण्डित हुन्थें होला । मलाई पण्डित हुने गुण प्रकृतिले दिएकै थिएन । मेरो बुबा आमाहरुको इच्छाको कुरा हो । पण्डित बन्ने कुरा मेरो इच्छाले होईन ।
आफैंले लेखेको पुस्तक चिना हराएको मान्छे पढ्नु भयो ?
दिनमा एउटा च्यापटरको हिसावले पढिरहेको छु । पुस्तक पढ्दा यो अरु नै कसैले लेखेको हो जस्तो लाग्छ । तर त्यसको घटना, हरेक हरफ आफुसँग मिलेको जस्तो लाग्छ । पुस्तक पढ्दा मैले कति संघर्ष गरेछु भन्ने लाग्छ । म संघर्ष गर्नै जन्मेको मान्छे हुँ । दुःख पाउनै जन्मेको हुँ । मान्छेले त्यत्रो दुःख सहजै थाम्न सक्दैन मैले असाध्यै दुःख पाएको छु । म आज जुन ठाउँमा पुगेको छु, त्यो संघर्ष सम्झिँदा पनि आनन्द लाग्छ ।
दुःखसँगै माया गर्ने साथी पनि भेटिने रहेछन् नी हैन ?
हो । समयले नै त्यो कुरा दिँदो रहेछ । मलाई दुःख पर्दा साथ दिने साथीहरु थिए । पछि व्यवसायमा साथ दिने मदन दाई जस्तो साथी भेटाएँ । मीरा जस्तो श्रीमती भेटाएँ । अहिले उसैको यत्रो वियोग भोग्नु पर्यो । त्यसपछि फेरि मैले रमिला पाएँ । समयले नै सबै थोक जुटाउँदै जाँदो रहेछ जस्तो लाग्छ ।
पुस्तकका हाँसउठ्दा कुरा ?
खोपासीमा महेश झण्डारीको घरमा बास बस्दा कुकुर बाँधेको थियो तल्लो तलामा । मलाईचाहिँ पिसाबले च्यापेको छ । त्यसपछि मैले झ्यालबाट नै पिसाव गर्न थालें । यो कुरा महेशको आमालाई अहिलेसम्म थाहा छैन । उहाँ अहिले पनि हुनुहुछ । अब पुस्तकको हल्लाखल्ला त हुन्छ । अब कसरी त्यो घरमा जाने ? जाँदा म टाउको निहुर्याएर बसिरहन्छु होला ।
अर्को बैंककमा एकजना मनाङ्गेको भरिया भएर जाँदा भारी बोकेका घटनाहरु पनि रमाईलो लाग्छ, ओहो त्यस्तो पनि भएको थियो भनेर । पहिले विदेश जान त्यत्रो रहर गर्ने मान्छे अहिले विदेशबाट कार्यक्रम गर्न बोलाउँदा जान पाईरहेको छैन ।
अर्को बैंककमा एकजना मनाङ्गेको भरिया भएर जाँदा भारी बोकेका घटनाहरु पनि रमाईलो लाग्छ, ओहो त्यस्तो पनि भएको थियो भनेर । पहिले विदेश जान त्यत्रो रहर गर्ने मान्छे अहिले विदेशबाट कार्यक्रम गर्न बोलाउँदा जान पाईरहेको छैन ।
मेरो पुस्तकले जस्तोसुकै परे पनि हरेश खानुहुन्न भन्ने सन्देश दिन्छ । मैले त्यत्रो दुःख पाएँ तर मैले प्रयास गर्न कहिल्यै छोडिन । लगावका साथ काम गरेमा अवश्य सफल भईन्छ ।
पुस्तक कुन बेला लेख्नुभयो ? बिहान, बेलुका वा दिउसो ?
धेरैजसो दिउँसो नै लेखें । मीराले छोडेर गएपछि मलाई राति निद्रा नै लाग्दैनथ्यो । त्यसैले म बिहान चाँडै हिंड्थे । एकदिन राति चरा कराए । त्यसपछि उठेर लुगा फेरेर म घडी नै नहेरी हिंडे । म हनुमन्ते पुल नजिक पुग्दा क्याम्पस पढ्ने भाईबहिनीहरु भेटिन्थे । तर त्यो दिन कोही हिंडेको थिएन । आज किन यस्तो भयो भनेर घडी हेरेको त रातिको १ बजेको रहेछ । अरु समयमा भए मलाई डर लाग्थ्यो होला, तर मलाई त्यो दिन कुनै डर लागेन किनभनें सबैभन्दा ठुलो डर ज्यानको न हो । म मेरो ज्यान गए हुन्थ्यो भन्ने सोच्थें । त्यसैले कुनै डर लागेन ।
पुस्तक लेख्ने कुरा सुरुमा कसलाई भन्नु भयो ?
कसैलाई पनि भनिन । सुरुमा मैले मीरासँगको वियोगका कविताहरु लेखे । त्यस्तै १८, १९ वटा कविता लेखें होला । त्यसपछि मैले उसका कुरा लेख्न थालें । मैले पुस्तक लेख्छु भनेर लेख्न थालेको पनि होईन । आफ्नो गन्थन कसलाई सुनाउँ, सुनाउँदा पनि दिक्क हुन्छ सुन्नेलाई भनेर आफ्ना कुरा कापीलाई सुनाउँछु भनेर लेख्न थालेको हुँ । कापीलाई आफ्नो गन्थन सुनाईसकेपछि मन अलिक हलुका भएजस्तो हुन्थ्यो । आफुले लेखेको कुरा पढ्दा आँखा रसाएर आँशु तप्प चुहिन्थ्यो । अक्षरमा पर्दा त्यो फुलेर डम्म हुन्थ्यो ।
लेख्दै जाँदा डा. रवीन्द्र समीरले मलाई तपाईले पुस्तक लेख्नुपर्छ भन्नुभयो । मैले आफुले लेखेको कुरा उहाँलाई दिएँ । उहाँले पढेर राम्रो छ बाल्यकालका कुरा पनि केही लेख्न आग्रह गर्नुभयो । ६, ८ महिना जति पछि मन केही हलुंगो भयो, त्यसपछि मैले सबै कुरा लेख्दै गएँ । लेख्दै जाँदा ६० हजार जति शब्द तयार भएछ । त्यसपछि रवीन्द्रजीले मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेलाई भेटाईदिनुभयो । उहाँले धेरै कुरा मिलाई दिनभयो । उहाँहरुको सल्लाह पछि अरु कुरा पनि लेखें । उहाँहरुले होमवर्क दिए जस्तो हुन्थ्यो । लेख्दै जाँदा ७५ हजार शब्द पुगेछन् । त्यसपछि वियोगका कुरा अरुलाई धेरै सुन्दा पट्यार लाग्छ भनेर उहाँहरुले सुझाव दिएपछि हामी त्यसलाई घटाउन थाल्यौं । कविता सबै राख्न मन थियो तर तिनलाई पनि सबै राख्न पाईएन । ‘म अर्को जन्ममा देउता हुन्छु, देउतालाई मान्छे बनाउँछु’ भन्ने कवितालाई झिकिदिएकोमा मलाई चित्त दुख्यो । तर उहाँहरुले झिक्नुको अर्को पनि कारण छ भन्नु भयो । पछि मैले अलिकति महसुस पनि गरे । मैले लेखेको वियोगका कुरा ७५ प्रतिशत भिकियो, २५ प्रतिशत मात्र राखियो ।
नातिनीलाई गर्भ बोकाएर मार्नेलाई जन्मकैद
आफ्नै नातिनी नाता पर्नेलाई बलात्कार गरी गर्भवती बनाएर हत्या गर्ने एक नेतालाई जन्मकैदको सजाय भएको छ । यो भारतको घटना हो । भारतको मध्यप्रदेशका चर्चित डन नेता तथा पूर्व सांसद अशोक विर विक्रम सिंह उर्फ भैया राजाले जन्मकैदको सजाय पाएका हुन् । बहुचर्चित बसुंधरा हत्याकाण्डमा अशोक सहित अरु तिन जनालाई दोषी ठहर गर्दै अदालतले जन्मकैदको फैसला सुनाएको हो ।
सन् २००९ को डिसेम्बर ११ मा नातामा नातिनी पर्ने एक छात्रा वसुन्धराको बलात्कार गरी गर्भवती बनाएर गर्भपात समेत गराई गोली हानी हत्या गरेको आरोप अशोकमाथि लागेको छ । यो मामिलामा अशोक सहित उनका ड्राइभर भुपेन्द्र, पंकज शुक्ला, तथा छोटु अभिमन्यु समेत दोषी ठहर भएका छन् ।
अदालतमा अन्तिम सुनुवाइका क्रममा बसुन्धराका आमाले आफ्नी छोरीमाथि भैया राजाले पहिले देखि नै गिद्धे दृष्टि लगाउने गरेको बताउँदै छोरीलाई बचाउनका लागि भोपाल पढ्न पठाएपनि अपराधीले नछाडेको बताइन् ।
मंगल ग्रहमा छेपारो भेटियो ! (फोटो फिचरसहित)
पृथ्वीपछि जिवनको सम्भावना रहेको ठानिएको मंगल ग्रहमा आफुले छेपारो देखेको एक व्यक्तिले बताएका छन् । विज्ञान सम्बन्धि ब्लग लेख्दै आएका एक जना जापानी युवाले यस्तो दाबी गरेका हुन् । निकै तिक्ष्ण दृष्टि संवेदना रहेका उनले मंगलको सतहमा छेपारो हिँडिरहेको देखेको दाबी गरेका हुन् ।
युएफओ साइटिङ डेलीको वेबसाइटमार्फ उनले यस्तो दाबी र्सार्वजनिक गरेको डेलीमेलले उल्लेख गरेको छ ।
उनको यो दाबीको कुनै वैज्ञानिक तथा विश्वसनीय प्रमाण नरहेको भएपनि यसले कतिपयले अमेरिकी अन्तरीक्षा संस्था नासाले मंगल ग्रहमा जिव बाँच्न सक्ने नसक्ने कुराको परीक्षणका लागि त्यहाँ छेपारो छाडेको हुनसक्ने समेत टिप्पणी गरेका छन् ।
नासाले गएको मार्चमा र्सार्वजनिक गरेको मंगल ग्रहको तस्वीरको सुक्ष्म अवलोकन गर्दा आफुले त्यहाँ छेपारो जस्तो जन्तु देखेको दाबी उनले गरेका छन् ।
युएफओ वेबसाइटका संचालक स्कट सी वारिङले वेबसाइटमा लेखेका छन्’एक जना जापानीले मंगल ग्रहमा अनौठो प्राणी देखेका छन् ।’
मंगल ग्रहमा अलिअलि पानी समेत रहेकाले यस्ता मरुभूमीय प्राणी पाउने सम्भावनालाई नकार्न नसकिने दाबी उनको छ ।
Subscribe to:
Comments (Atom)
Sponsors :
Best Google Covers
|
Desktop Wallpaperslk
|
PSD Graphics
Copyright © 2012. छेलाम (Chhelam) - All Rights Reserved
Copyright © 2012. छेलाम (Chhelam) - All Rights Reserved








